छ महिनामा ४४७ अर्ब रेमिट्यान्स भित्रियो

Yugnepal     662 पटक पढिएको    

छ महिनामा ४४७ अर्ब रेमिट्यान्स भित्रियो

काठमान्डौं  चालू आर्थिक वर्षको छ महिनामा नेपालमा चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०।९ प्रतिशतले बढी हो । रेमिट्यान्स बढेको देखिए तापनि रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा भने गत आर्थिक वर्षको तुलनामा ठूलो गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३०।२ प्रतिशतले बढेको थियो । त्यस्तै, गत आर्थिक वर्षको पुस मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७।६ प्रतिशतले बढेकोमा चालू आर्थिक वर्षमा १।३ प्रतिशतले मात्रै बढेको छ ।

यो अवधिमा खुद ट्रान्सफर आय ०।१ प्रतिशतले बृद्धि भई पाँच खर्ब छ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८।७ प्रतिशतले बढेको थियो । बैंकिङ खबर बाट साभार



बुधबार ०७, फागुन २०७६ ०६:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.