कांग्रेसको अनुशासन समितिले पूर्णता पाउँदै,  निर्वाचन समिति पनि बन्ने

राजनिति

Yugnepal     782 पटक पढिएको    

कांग्रेसको अनुशासन समितिले पूर्णता पाउँदै,  निर्वाचन समिति पनि बन्ने

कांग्रेसको अनुशासन समितिले पूर्णता पाउँदै,  निर्वाचन समिति पनि बन्ने 

काठमाडौं । नेपाली काँग्रेसको लामो समयको रस्साकम्सीपछि अनुशासन समितिले पूर्णता पाउने भएको छ । लामो विवादपछि सोमबार राति अनुशासन समिति गठनमा शीर्ष तहमा सहमति जुटेको थियो ।

सहमति अनुसार अनुशासन समितिको संयोजक केन्द्रीय सदस्य भिष्मराज आङदाम्बेलाई बनाइएको छ । 

सोमबार बिहान ११ बजेदेखि केन्द्रीय कार्यसमिति बैठक बस्ने भनिए पनि सहमतिका लागि पटक पटक समय फेरिँदै जाँदा राति ८ बजे पछि बैठक बस्न सम्भव भएको थियो । 

पाँच सदस्यीय समितिमा शेरबहादुर देउवा निकटका किशोरसिंह राठौर र देवेन्द्रराज कंडेललाई सदस्य चयन गरिएको छ । कार्यकर्तामा खुसी सञ्चार गर्ने कांग्रेसको एउटा निर्णय

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका दुई सदस्यको नाम भएपछि अनुशासन समितिले पूर्णता पाउने छ । 

स्रोतका अनुसार नविन्द्रराज जोशी, धनराज गुरुङ, कल्याण गुरुङ, जीवन परियार र प्रदीप पौडेलमध्येबाट दुई जना अनुशासन समितिमा जाने छन् । 

यसैबीच केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो २ बजे बस्दैछ । बैठकले निर्वाचन समिति पनि बनाउँदैछ । 

स्रोतका अनुसार मंगलबार राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीको संयोजकत्वमा निर्वाचन समिति बन्ने सम्भावना छ । 

निर्वाचन समितिले मंगलबार नै पूर्णता पाउने समेत बताइएको छ । 

यी दुई समितिको विवादका कारण फागुन १४ पछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । 

विधानको बारेमा समेत अझै किचलो छ । 



मङ्गलबार ०५, चैत २०७५ १२:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal