सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले वितरण गरेको आत्याधुनिक एम्बुलेन्सलाई चित्तल तस्करको आरोप लागेको छ । ईलाका प्रहरी कार्यालय गोकुलेश्वले एम्बुलेन्समा चित्तल तस्कर भएको विशेष सुचनाका आधारमा चेकजाँच गर्दा मृत चित्तल भेटिएको हो ।
बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउदै आएको सुदूरपश्चिम प्रदेशको ०१—००१ झ ३४६ नम्बरको एम्बुलेसलाई चित्तल तस्करीमा सलग्न रहेकाले ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको हो ।
कञ्चनपुरबाट डिलाशैनी गाउँपालिका फर्किने क्रममा एम्बुलेन्सलाई चेकजाचको क्रममा मृत चित्तल भेटिएपछि नियन्त्रमा लिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिनु भयो । एम्बुलेन्स चालक महेश बोहरालाई पक्राउ गरिएको र घटना बारे थप आनुसन्धान भईरहेको प्रहरी निरीक्षक साउदले बताउनु भयो ।
प्रतिकृया दिनुहोस