नेपाल टेलिकमका सुदूरपश्चिम प्रदेशमा १९ लाख ग्राहक
Yugnepal
1055 पटक पढिएको
धनगढी - सुदूरपश्चिम प्रदेशमा टेलिकमका १९ लाख ६६ हजार एक सय ६८ ग्राहक रहेका छन् ।
बरिष्ठ इन्जिनियर जगदीस लेखकका अनुसार सुदूरपश्चिम प्रदेशमा ल्याण्डलाईन २४ हजार २ सय १४, एडिएसएलका १२ हजार २ सय २५, वाइम्याक्सका ५ सय ५४, एफटिटिएच सेवाका सात सय ४६, प्रिपेड सिडिएमएका २ लाख ७६ हजार १ सय ७७, पोष्टपेड सिडिएमएका ५ हजार ९९, प्रिपेड जिएसएमका १६ लाख ३५ हजार ५८, पोष्टपेड जिएसएमका १० हजार ४सय ८२ र लिजेड लाईनका १ सय ९३ ग्राहक रहेका छन् ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी विस्तार
नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशमा फोर जी बिटिएर साइट सञ्चालनमा तीब्रता दिएको उनले बताए ।
सुदूरपश्चिम प्रदेशमा यस वर्ष तीन सय ८४ साइट सञ्चालनमा ल्याउने लक्ष्य लिएको टेलिकम सुदूरपश्चिम कार्यालयले दुई सय साईट अनएयर भइसकेको जनाएको छ । टेलिकमका बरिष्ठ इञ्जिनियर जगदिश लेखकका अनुसार सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी सेवा शुरु भइसकेको बताएका छन् ।
उनले कैलालीमा एक सय ४०, कञ्चनपुरमा ७४, डोटीमा २९, दार्चुलामा २६, डडेल्धुरामा २४, बाजुरामा १२, बझाङमा २०, बैतडीमा ३२ र अछाममा २७ विटिएस साइट सञ्चालनमा ल्याउने बताए । ती मध्ये दुई सय साइट अनएयर भएको बताए ।
टेलिकमले उच्चस्तरको इन्टरनेट सेवा र भ्वाइस कल सेवा दिनका लागि घरसम्मै फाइबर विस्तार गर्ने कार्यक्रमलाई पनि तिब्रता दिएको छ । इन्टरनेट र भ्वाइस कल सेवा दिन कैलाली र कञ्चनपुरका मुख्य शहरहरूमा फाइबर टु द होम (एफटिटिएच) सेवा विस्तार भइरहेको उनले बताए ।
७७ वटै जिल्लामा फोरजी सेवा
सबै जिल्लामा नेपाल टेलिकमको फेरजी सेवा विस्तार भएको छ । हुम्लाको सदरमुकामा सिमिकोटमा फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार भएको हो । गएको वर्षको माघ २० गते एक वर्षभित्र देशभर फोरजी सेवा विस्तार गर्ने सम्झौता भएको थियो ।
टेलिकमले २०७३ सालको पुस १७ गते पहिलोपटक फोरजी सेवा सुरु गरेको थियो । नेपाल टेलिकमले अहिले आठ सय १८ सय मेगाहर्ज ब्याण्डअन्तर्गत फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा विस्तार गरिरहेको छ । परियोजना सम्पन्न हुँदासम्म ६५ लाख फोरजीका नयाँ ग्राहक थप गर्ने कम्पनीले लक्ष्य लिएको छ ।
शुक्रबार २४, माघ २०७६ ०३:०४ मा प्रकाशित
प्रतिकृया दिनुहोस