माया बिक बलात्कार पछि हत्या मुद्दामा दोषीलाई जन्मकैद फैसला

Yugnepal     978 पटक पढिएको    

माया बिक बलात्कार पछि हत्या मुद्दामा दोषीलाई जन्मकैद फैसला

धनगढी – कैलालीको मसुरियाकी युवती माया बिकको बलात्कार गरी हत्या गरेको आरोपमा चार जनालाई जन्मकैद फैसला भएको छ । कैलाली जिल्ला अदालतले उक्त मुद्दामा थप एक जनालाई पाँच वर्षको कैद सजाय हुने फैसला गरेको छ ।
 

जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले गौरीगंगा–११, का सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटीलाई बलात्कारपछि हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेर जन्मकैदको फैसला गरेको हो । चारै जनालाई मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३ ९३० बमोजिम सजाय भएको कैलाली जिल्ला अदालतका तहसिलदार नरबहादुर नेगीले जानकारी दिए ।

कर्तव्य ज्यानतर्फ जन्मकैदको सजाय भएका सुरज र भुवन जबरजस्ती करणीतर्फको मुद्दामा पनि दोषी ठहर भएको तहसिलदार नेगीले बताए । घटनामा संलग्न नभएको तर प्रत्यक्ष थाहा पाए पनि जानकारी नदिएको भन्दै तपेन्द्र बोगटीलाई पनि पाँच वर्षको कैद सजाय फैसला भएको छ । उनलाई कर्तव्य ज्यान सम्बन्धी महल १७ ९२० को कसुरमा सजाय भएको अदालतले जनाएको छ । मायाको डेढ वर्षअघि बलात्कार गरी हत्या भएको थियो ।



बिहिबार २३, माघ २०७६ ०७:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.