बाजुरामा स्वास्थ्य चौकी स्तरोन्नतिका लागि धार्मिक महा–महोत्सव लाग्ने

Yugnepal     1087 पटक पढिएको    

बाजुरामा स्वास्थ्य चौकी स्तरोन्नतिका लागि धार्मिक महा–महोत्सव लाग्ने


 बाजुरा त्रिवेणी नगरपालिकामा वडिमालिका त्रिवेणी ज्ञान विज्ञान धार्मिक महा–महोत्सव लाग्ने भएको छ । तोली स्वास्थ्य चौकीको स्तरोन्नतिका लागी यहि माघ २७ गते देखि फागुन ५ गते सम्म महा—महोत्सव आयोजना हुने भएको हो ।
जिल्लाको त्रिवेणी नगरपालिकाका वडा नम्रब ३,४ र ५ को संयुक्त योजनामा महा—महोत्सव हुने भएको हो ।
भ्रमण वर्ष २०२० चलिरहदा समग्र त्रिवेणी नगरपालिकाका पर्यटकीय क्षेत्र पहिचान गर्ने उद्देश्यका साथ महोत्सव आयोजना हुने भएको आयोजकले जानकारी दिएको छ । वडीमालिका, नाटेश्वरी देवी र दुई नदीको मिलन भएको मौरे क्षेत्रलाई चिनाउन पनि मदत पुग्ने महोत्सव समितिका संयोजक मन्दिरे भण्डारीले बताए ।
तोली स्वास्थ्य चौकीको स्तरोन्नतिका लागी कुनै क्षेत्र बाट पनि सहयोग नभएकोले धार्मिक महा—महोत्सव गर्न लागेको महोत्सव समितिका सह–संयोजक बिरबहादुर ऐडीले बताए । ‘हिन्दु धर्ममा टेकेर, हिन्दु धर्मको रितीरिवाज परम्परागत शैलीमा रहेर धार्मिक महोत्सव हुने छ’ उनले भने ।
महोत्सले हिन्दु धर्मको प्रचारप्रचासर संरक्षण गर्नमा पनि महोत्सव समितिका कोषाअध्यक्ष भिम साउंदले बताए । धार्मिक महोत्सवमा संकलन भएको रकम स्वास्थ्य चौकीको स्तरोन्नतिमा टेवा पुग्ने उनले विश्वास व्यत्त गरे धार्मिक महोत्सवमा प्रमुख वाचक अन्र्तराष्ट्रिय भागवत भुषण वाचन शिरोमणी नारायण शरण रहने छन् । यस्तै डाक्टर योगी श्री निर्विशेषानन्द, संगिताचार्य शिशिर साधक र भारत दक्ष मन्दिरका पुजारी आचार्य श्री तुलाराम दहाल रहने छन् ।



बिहिबार २३, माघ २०७६ ०५:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal