बझाङ्ग भिडियोकलको माध्यमद्वारा जिल्ला प्रहरी कार्यालय बझाङ्गको नवनिर्मित भवनको उदघाटन गरेको छ । बिभागिय प्रमुख महानिरिक्षक सर्बेन्द्र खनालले आज बिहान ११ बजे एक कार्यक्रमका बिच भिडियोकलको साहेताले भवनको उदघाटन गर्नु भएको हो । तिन वटा फरक फरक कम्पनीले फरक मितिमा सम्झौता गरि तिन चरणमा निर्माण सम्पन्न भएको छ ।
बिकोइ जागृती जेभि निर्माण सेवाले ४ करोड ७९ लाख ७८ हजार ४ सय ८५ रुपैया २५ मा सम्झौता गरि ५ करोड ८८ लाख ५ हजार ११ रुपैया ७९ पैसामा सम्पन्न गरेको छ भने स्वार कन्सटक्सन अछाम प्रा लि ले २ करोड ५७ लाख २९ हजार ३ सय ३२ रुपैया २९ पैसामा सम्झौता गरि २ करोड ८१ लाख ९२ हजार ९ सय १८ रुपिया ६७ पैसामा सम्पन्न गरेको छ ।
कार्यालय प्रमुख निवास निर्माणको लागि २०७५ असार ८ गते सम्झौता गरेको सेती निर्माण सेवा बझाङ्गले पनि ५९ लाख ३२ हजार १ सय ४० रुपिया ७७ पैसामा सम्झौता गरि ६७ लाख ९९ हजार ६ सय ३७ रुपैया२० पैसामा २०६७ जेष्ठ २० गते भवनको निर्माण कार्य सम्पन्न गरेको छ । यस अघि कार्यालयको दैनिक क्रियाकलाप गर्न असहज परिस्थितिका बाबजुद संचालनमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्ग आज देखि सेवा दिन सरल र सहज भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रमुख गणेश ब बमले बताएका छन । प्रहरी संगठन भित्रकै यो पहिलो भवन बन्न सफल भएको छ जस भवनको उदघाटन बिभागिय प्रमुखले भिडियोकलको माध्यम बाट उदघाटन गरेको छ ।
प्रतिकृया दिनुहोस