बझाङ्गी दिनेश रावलको सिपकला र क्षमताले पायो भारतमा चर्चा

Yugnepal     1214 पटक पढिएको    

बझाङ्गी दिनेश रावलको सिपकला र क्षमताले पायो भारतमा चर्चा


छिमेकी राष्ट भारतमा गएर घर खर्चको जोहो मिलाउने प्रवृती प्राय जसो सम्पुर्ण नेपालीको दैनिकी जस्तो नै हो । थोरै गाडीभाडा गोजिमा राखेर सोझै भारतको राजधानी तिर छिर्ने र करिब एक डेढ वर्ष काटेर  सानो घर खर्चको प्रबन्ध मिलाएर कुनै चाडपर्वको मेसो निकाल्दै घर फर्कने र छोराछोरीको लुगा फाटो फेर्ने चलन अहिले मात्र होईन हिजुबाजेकै पाला देखि चल्नै आएको हो
करिव नेपालको जनसङख्याको आधा हिस्सा मात्रै भारतका बिभिन्न शहर तिर रोजगार गरेर जिविको पार्जन गर्ने र बुडेसकाल लागे पछि घर फर्कने र घर आँगनमा बसेर भारतमा नौकरी गर्दा भोगेका पिडा गाउले दाजुभाई संग साटा साट गरेर मृत्युका दिन गन्दै दिनचर्या बिताउने नेपालीको संस्कार नै बसेका बेला पछिल्लो समय छिमेकी राष्ट भारतको राजधानी नयाँ दिल्लीमा दिनेश रावल एक निकै चर्चाको नाम बन्न सफल भएको छ ।
१४ वर्षको उमेरमा  ८ कक्षा पास गरेर भारतको राजधानी दिल्ली छिरेरका  दिनेश रावलले चिया पसलको काम  बजारको चौकिदारी ट्रकको खलासीको नौकरी गर्दै फुर्सदको समयमा पश्चिम दिल्लीका बिभिन्न पार्कमा सिकाईने सितोरिया कराते तेक्मान्दो लगाएतका थुप्रै खेलहरु सिकेर आज बल्याक बेल्ट फोर डन प्राप्त गरेका छन ।
बझाङ्गको छबिसपाथीभेरा गाउपालिका २ मण्डीको दयगाउमा जन्मनु  भएका दिनेश रावलले आजकाल भारतको राजधानी दिल्लीको जनकपुरी  सि वान ब्लकको चानक्या पेलेस ठाउमा  रावल मार्सल एकेडेमी खोलेर झन्डै २ सय ९७ भारत र नेपालका युवा युवती लाई मार्सल खेलको ज्ञान दिन सफलता पाएका छन ।  दुई जना प्रशिक्षक  अनि घर भाडा र आप्ःनो घर परिवारको सम्पुर्ण खर्च बिहोरेर मासिक एक डेढ लाख रुपिया बचाउने रावलको आन्तरिक बेदना भने छुटै खालको छ । उहा बताउनु हुन्छ  बिश्वमा मानवतावादको शिक्षा दिने राजा जयपृथ्वी बहादुर सिंहको जन्मभुमी बझाङ्गमा जन्मेको  मान्छे हु आप्ःनै देशमा यस्तो खालको सुबिधा सम्पन्न एकेडेमी खोलेर सेवागर्ने अवसर ,मिल्यो भने हुन्थो तर के गर्ने हाम्रो समाजले यो खेलको महतो नै नबुझेर पनि म जतिकै नेपालीहरुले आप्ःनो सिपकलाको प्रयोग आप्ःनै देश भित्र गर्न पाएका छौन । जस्तो लगानी आज मैले दिल्लीमा यो रावल मार्सल एकेडेमी खोल्न गरेको छु यतिनै लगानी नेपालको कुनै ठाउमा गरेर खोल्न त गाह्रो छैन तर यसमा सिक्न आउने सिकारुले निरन्तरता नै नदिदिदा यो खेलको भबिष्य नै धरापमा पर्ने र अर्का तिर राज्यले पनि सहयोग हात अगाडी नबढाउने हुनाले मैले बाध्य भएर अर्काको देशमा यो एकेडेमी खोल्नु परेको हो ।  फेरी पनि मैले सिकाउदा मासिक लाग्ने शुल्कमा पनि नेपाली लाई रु १ हजार भारु र ईन्डियन लाई १ हजार ५ सयमा सिकाउने गरेको छु । यति मात्र हाइृन हामीले भारतमा बसेर दुख पाएका नेपालीको सहयोगका लागि अपिसाईपाल भारतिय नेपाली एकता समाज गठन गरेर पिडामा परेका हरेक नेपालीको सहयोग गर्ने गरेका छौ । भन्नु हुन्छ रावल मार्सल एकेडेमीका संचालक दिनेश रावल



शनिबार १८, माघ २०७६ ०६:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal