बझाङ्ग जिल्लाको सरमुकाममा खाने पानिको समस्या भएको छ । जिल्लाको साविकका सदरमुकाम चैनपुरमा साबिकका ४७ वटै गाउ बिकास समिति र हालका २ वटा नगरपालिका १० वटै गाउपालिकामा खाने पानिको समस्या रहेको स्थानीय बासिन्दाहरुको भनाई छ । प्रतिव्यक्ति प्रतिदिन स्वस्थ रहनका लागि ५ लिटर पानी खानु पर्ने भएता पनि तर जिल्लाका शहर र ग्रामिण बस्तीहरुमा उचित खानेपानीको व्यवस्था नहुँदा खाने पानिको समस्या भएको उनीहरुको भनाई रहेको छ ।
खोला खोल्सा पानी बोकेर ग्रामिण भेगका वासिन्दाहरु अझै पनि खोला खोल्सा कै पानि पिउन बाध्य छन् । सुबिधा खोजन गाउबस्ती छोडदै शहर केन्द्रीत हुनथालेका छन् ।
बझाङ्ग जिल्लाको सरमुकाम चैनपुर सडकका किनारामा प्रत्येक दिन बिहान लामबद्घ भएर खानेपानी भर्नेको लस्कर पनि यथावत ,नै छ ।
सिमाना संग जोडिएको बैतडी दार्चुला डडेल्धुरा डोटी जिल्लाका मानिसहरुको मिश्रत समाज भएको सदरमुकाम चैनपुर यति बेला भने खानेपानीको निकै ठुलो समस्या रहेको छ ।
हप्ताको दुई दिन मात्र खानेपानी आउने र त्यो पनि बजारको सडक किनारामा ठाउ ठाउमा अव्यवस्थित रुपमा बिछाईएका पाइप र त्यसैमा काटिएका ठाउमा खानेपानीको भाडो थापेर भर्नु पर्ने समस्याको समाधान यति बेला सम्म होला भन्न सकिने अवस्था भने छैन ।
धेरै जनघनत्व भएको सदरमुकाममै खानेपानीको उचित व्यवस्था नहुनुले राज्यको अरबौ बजेटको रहेको छ , तर पानि छैन ।
चरम दुरुपयोग भएको आसंका आम नागरिकले महसुस गर्न थालेका छ्न ।
प्रतिकृया दिनुहोस