सुदूरपश्चिम प्रदेशबाट १५ हजार जनाले लिए पुन- श्रमस्वीकृति

Yugnepal     1273 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशबाट १५ हजार जनाले लिए पुन- श्रमस्वीकृति


 धनगढी - सुदूरपश्चिम प्रदेशबाट  एक वर्षको अविधीमा पन्ध्र हजार युवायुवतीहरुले पुन ः श्रमस्वीकृति लिई सुदूरपश्चिम प्रदेशबाट बैदेशीक रोजगारीका लागी विदेश गएका छन् ।
 श्रम कार्यालय धनगढीबाट पुन ः श्रमस्वीकृति लिई वैदेशीक रोजारीका लागी सुदूरपश्चिम प्रदेशबाट वाहिरिने  युवा युवतीहरुको संख्यामा बृद्धि भएको छ ।
 आर्थिक वर्ष २०७४÷०७५ विभिन्न माध्यबाट सुदूरश्चिम प्रदेशबाट बैदेशीक रोजगारीमा जाने  युवायुवतीहरुको संख्या १५ हजार रहेको श्रमकार्यालय धनगढीको तथ्याङ्गकमा उल्लेख गरीएको छ ।
नेपाल सरकारले २०७५ साल माघ ११ गतेदेखी बैदेशीक रोजगारीबाट विदामा नेपाल फर्किएका सुदूपश्चिम प्रदेशका युवायुवतीहरु लाई पुनः श्रमस्वीकृति प्रदेशबाटै दिने व्यवस्था नेपाल सरकारले गरेको थियो । आर्थिक वर्ष २०७५ ÷०७६ को पाँच महिनाको अविधीमा एक हजार पाँच सय भन्दा बढी जनाले पुन ः श्रमस्वीकृति लिइएका थिए । त्यसैगरी चालु आर्थिक वर्ष २०७६÷०७७ मा ४ हजार ७सय ९० जनाले पुन ः पुन ः श्रमस्वीकृति लिइएका छन् ।
 सोही व्यवस्था अनुसार श्रमकार्यालय धनगढी बाट पुन ः श्रमस्वीकृति लिने युवायुवतीहरुको संख्यामा धेरै बृद्धिको कार्यालय प्रमुख कृष्णान्न्द जोशीले बताउनुभयो ।
कार्यालय प्रमुख जोशीका अनुसार नेपाल सरकारले २०७५ साल माघ महिनामा  ७ वटै प्रदेशमा  बैदेशीक रोजगार कार्यालय स्थापना गरे संगै सुदूरश्चिम प्रदेशबाट पुन श्रमस्वीकृति लिने सेवाग्रहीहरुको भिड हुने गरेको बताएका छन् ।
उनका अनुसार सुदूरपश्चिम प्रदेशमा श्रमस्वीकृति गर्न सजिलो भए पनि बैदेशीक रोजगारीमा दलालबाट ठगिएका  निवेदनहरु दर्ता हुन्छ , भने कार्वाहीका लागी जिल्ला प्रशासन कार्यालयले हेर्ने अधिकार रहेको छ ,र डण्ड सजाए  जरिवाना, थुनामा राख्ने अधिकार भने बैदेशीक रोजगार विभागलाई नै रहेको उनले बताए ।  आर्थिक वर्ष २०७५ ÷२०७६ मा सुदूरपश्चिम प्रदेशबाट ३ हजार २ सय  ७६ जना पुरुष र महिलाले पुन ः श्रमस्वीकृति लिएका छन् । २०७५माघ देखी २०७६ पुस मसान्त सम्म यस प्रदेशबाट ३ हजार २ सय  ७६ जनाले बैदेशीक रोजगार लागी  पुन ः श्रमस्वीकृति लिई बैदेशीक रोजगारमा गएको श्रम कार्यालय धनगढीले जनाएको छ  ।
सुदूरपश्चि प्रदेशबाट बैदेशीक रोजगारमा जाने जिल्लाका युवाहरुको तथ्याङ्गकमा

सुदूरपश्चि प्रदेशका नौ जिल्लाहरु मध्य सबै भन्दा बढी बैदेशीक रोजागरमा जाने युवाहरुको संख्या कन्चनपुर जिल्लाको रहेको छ । पुन ः श्रमस्वीकृति लिने पुरुष १२ सय १७ र महिला १७ जना गरी १२ सय ३४ जना रहेका छन् । त्यसैगरी कैलालीबाट ९ सय १६ पुरुष र १८ जना महिला गरी ९ सय ३४ जना बैतडीबाट  ३ सय ९ जना ,८८डडेलधुराबाट १ सय ८८ जना , डाटीबाट १ सय ५६ जना  दार्चुलाबाट १ सय ३३ जना बझाङ्गबाट ८२ जना बाजुराबाट ४२ जना र अन्य ९७ जना गरी सुदूरपश्चिम प्रदेशबाट ३ हजार २ सय  ७६ जनाले पुन ः श्रमस्वीकृति लिएको कार्यालयका प्रमुख कृष्णान्न्द जोशीले बताए ।
सुदूरपश्चि प्रदेशबाट बैदेशीक रोजगारमा कुन देश कति गए
यस प्रदेशबाट विभिन्न देशमा जाने युवायुतीहरुको संख्या सबै भन्दा बढी युएइका लागी  पुन ः श्रमस्वीकृति लिएका छन् । युएइका लागी ११ सय ३ पुरुष १८ जना महिला गरी ११ सय २१ जनाले पुन ः श्रमस्वीकृति लिइको  कार्यालयको तथ्याङ्गकमा उल्लेख छ । त्यसैगरी साउँदीका लागी ६ सय ९२ जना , मलेशीया ६ सय ५९ जना , कतार ५ सय ६९ जन कुवेतका लागी १ सय २१ जना अन्य देश १ सय १४ गरी ३ हजार २ सय ७६ जनाले पुन ःश्रमस्वीकृति लिएका छन् ।

 



बुधबार १५, माघ २०७६ ०१:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.