कसले कहाँबाट जिते
काठमाडौं । राष्ट्रियसभामा रिक्त हुँदै गरेका १९ पदमध्ये १८ सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बाजी मारेको छ ।
नेकपाले आफ्नो रणनीतिअनुसार सबै सिटमा सफलता हासिल गरेको छ । १६ सिटमा उठेको नेकपाले सबै सिट जितेको छ । नेकपाले साथ दिएको रााष्ट्रिय जनता पार्टी राजपा नेपालले दुई सिट जितेको छ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने ‘शून्य’ मा झरेको छ । नेकपाले ६ वटा प्रदेशमा क्लिन स्विप गरेको छ भने राजपाले प्रदेश २ मा २ सिट जितेको छ ।
१८ जनामध्ये राष्ट्रियसभामा ७ कांग्रेसका सांसदको समय सकिँदै गर्दा उनीहरुको स्थानमा कांग्रेसले १ सिट पनि जितेन । त्यसैगरी प्रदेश २ मा कांग्रेसको समर्थन पाएको समाजवादी पार्टी नेपाललाई सत्ता छाडेपछि प्रतिपक्षीमा बस्नुपरेको पीडा एकैपटक देखिएको छ । उसले पनि अवसर गुमाएको छ ।
१९ जना सांसदको पदावधि सकिँदै गर्दा एक जना भने राष्ट्रपतिले मनोनित गरेका हुन् । १८ जनाको मात्र मतदान भएको हो ।
कसले कहाँबाट जिते रु
प्रदेश १ बाटः ३ वटै सिट नेकपालाई । इन्दिरा गौतम, गोपी अछामी र देवेन्द्र दाहाल ।
प्रदेश २ बाटः ४ मध्ये २ सिट नेकपालाई । तुलसा दाहाल र राधेश्याम पासवान । राजपालाई २ सिट – शेखर सिंह र मृगेन्द्र सिंह यादव ।
बाग्मती प्रदेशबाटः २ वटै सिट नेकपालाई । वेदुराम भुसाल र गंगा बेलबासे ।
गण्डकी प्रदेशबाटः २ वटै सिट नेकपालाई । नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने ।
प्रदेश ५ बाटः ३ वटै सिट नेकपालाई । बिमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई ।
कर्णाली प्रदेशबाटः २ वटै सिट नेकपालाई । मायाप्रसाद शर्मा र सुमित्रा बिसी ।
सुदूरपश्चिम प्रदेशबाटः २ वटै सिट नेकपालाई । शारदा भट्ट र तारामान स्वार ।
प्रतिकृया दिनुहोस