राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शुरू

Yugnepal     739 पटक पढिएको    

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शुरू

डोटी । राष्ट्रिय सभा निर्वाचनको मतदान डोटीको शिलगढीमा शुरू भएको छ ।

बिहिबार बिहान १० बजेदेखि शुरू भएको मतदानमा सुदूरपश्चिम प्रदेशका ५३ जना सांसद् र ८८ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी भएका छन् । सांसद्हरूले मतदान गर्ने बुथमा सांसद् तथा पूर्वमन्त्री दीर्घबहादुर सोडारीले पहिलो मत हाले । राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह लगायत सम्पूर्ण मन्त्रीहरूले मतदान गरिसकेका छन् ।

राष्ट्रिय सभामा यस निर्वाचनबाट सुदूरपश्चिमबाट दुर्इ जना सदस्य निर्वाचित हुने छन् । सो निर्वाचनका लागि नेकपाबाट २ र नेपाली कांग्रेसबाट दुर्इ जनाको उम्मेदवारी परेको छ । मतदान साँझ ४ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।



बिहिबार ०९, माघ २०७६ ११:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.