मापदण्ड पुरा नगरेका ठूलो परिमाणमा गुट्का बरामद

Yugnepal     1064 पटक पढिएको    

मापदण्ड पुरा नगरेका ठूलो परिमाणमा गुट्का बरामद


धनगढी २०७६ साल माघ २ गते कैलाली जिल्ला सुर्तिजन्य नियन्त्रण, नियमन तथा नियन्त्रण समितिले धनगढी बजारका पसलहरूमा अनुगमन ग¥यो । समितिले अनुगमनका क्रममा भण्डारी ब्रदर्श ट्रेड एण्ड सप्लायर्सबाट आवश्यक मापदण्ड पुरा नगरेका छ सय ५२ बोरा मेघाश्री नामको गुट्का बरामद ग¥यो ।
समितिले मंगलबार ९माघ ७ गते० धनगढी बजारमा पुनः अनुगमन ग¥यो । टोलीले धनगढी उपमहानगरपालिका उत्तरबेहडीमा रहेको बालाजी ट्रेड एण्ड सप्लायर्स र चटकपुरस्थित सिटी ट्रेड एण्ड सप्लायर्समा अनुगमन गरेको थियो । टोलीले ती दुवै पसलमा कुनै त्रुटी फेला नपरेको बतायो
भण्डारी ब्रर्दश टे«ड एण्ड सप्लायर्सबाट मापदण्ड पुरा नगरिएका छ सय ५२ बोरा सुर्तिजन्य पदार्थ ‘मेघाश्री’ बरामद गरेपछि अहिले जिल्ला प्रशासन कार्यालयले थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अनुमोदनसंग भने– हामीले सो पसल शील गरिसकेका छौं र थप अनुसन्धान अघि बढाएर मुद्दा चलाउने प्रक्रियामा जादैछौं । उनले अहिले पनि बजार अनुगमन जारी रहेको बताए । उनले भने– सम्पूर्ण पसलहरूको अनुगमन गरि कहा“–कहा“ र के–के कैफियत भेटियो भन्ने आधारमा संलग्न व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरिने छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार सूर्तिजन्य पदार्थ उत्पादक कम्पनी, वितरक र बिक्री गर्ने पसलको विवरणको आधारमा प्रतिवेदन तयार गरिने बताए । उनले सरकारी वकिलको रायसहित मुद्दा दर्ता गरिने बताए । उनका अनुसार मुद्दा दर्ता भएपछि प्रमुख जिल्ला अधिकारीमार्फत कारबाही प्रक्रिया अघि बढ्ने बताए ।
बजार अनुगमन समितिले मंगलबारसम्म धनगढीका सूर्तिजन्य पदार्थ वितरकहरूमा अनुगमन गर्दा मेघाश्रीमा कैफियत भेटिएको जनाएको छ । धनगढीको भण्डारी ब्रदर्श टे«ड एण्ड सप्लायर्सबाट बरामद भएको ‘मेघाश्री’ नामक सूर्तिजन्य पदार्थमा बैधानिक चेतावनी संकेत मापदण्ड अनुसार उल्लेख रहेको छैन ।
सूर्तिजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन, २०६८ को परिच्छेद ३ मा सूर्तिजन्य पदार्थको उत्पादन तथा बिक्री वितरणको बँुदा ९ मा चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नुपर्ने व्यवस्था छ । सो ऐनमा भनिएको छ ‘उत्पादकले सूर्तिजन्य पदार्थको बट्टा, ¥यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबलको बाहिरी भागमध्ये कम्तिमा ७५ प्रतिशत भागमा सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने जस्ता ब्यहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सूर्तिजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रंगिन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नु पर्ने छ ।’
कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको देउती गुट्खा इन्डस्ट्रिजले मेघाश्री नामको गुट्खा ९सुर्तिजन्य पदार्थ० उत्पादन गर्दै आएको छ । सो गुट्खाको प्याकेटको अगाडि भागमा ठुलो अक्षरले गुट्खाको नाम, बनेको मिति, कम्पनीको नाम लगायतका कुरा उल्लेख छन् भने पछाडीपट्टी ‘सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ’ भन्ने जनचेतनामुलक सन्देश, रंगीन चित्र राखिएको छ । तर, छ सेन्टिमिटर लामो प्याकेटको आधा भागमामात्र सचेतनामुलक सन्देश उल्लेख गरिएको पाइएको अनुगमनमा संलग्न टोलीले जानकारी दिए ।
बजार अनुगमनमा संलग्न एक सदस्यले नाम नखोल्ने सर्तमा भने– सुद्धप्लस नामक गुट्खामा पनि कैफियत रहेको छ, तर हामीले गोदाममा जाँदा कुनै पनि पाकेट भेटेनौं । धनगढी बजारका विभिन्न पसलमा विक्रीका लागि राखिएका शुद्धप्लस गुट्काको अगाडि भागमा पुरै गुट्खाको रंगीन नाम अंकित छ भने पछाडी आधा भागमा मात्र जनचेतनामुलक सन्देश राखिएको छ ।
बजार अनुगमन समितिका ती सदस्यले श्रीराम टोबाको इन्डष्ट्रिजले उत्पादन गर्दै आएको भोलामा भने मापदण्ड अनुसारको हानिकारक, चेतावनीमुलक सन्देश राखिएको पाइएको बताए ।
अनुगमन टोली बजार अनुगमनका लागि निस्किनुअघि सूर्तिजन्य पदार्थ वितरक डिलर, पसललाई पूर्व जानकारी हुने गरेको बताइन्छ । अनुगमन टोली वितरक वा पसलमा पुग्न अघि नै पसल बन्द हुने गरेको अथवा सामान लुकाउने गरेको पाइन्छ । अनुगमन टोलीका ती सदस्यले भने– हामी अनुगमनमा आएको पूर्व जानकारी पाएर पसल नै बन्द गरेर पनि भाग्ने गरेका छन् । उनका अनुसार माघ २ गते भण्डारी ब्रर्दशमा अनुगमन गरे अर्को पसलमा जा“दा बन्द रहेको पाइएको थियो । उनले पसलको नाम भने खोल्न चाहेनन् ।
त्यस्तै, बजार अनुगमन टोलीले अहिलेसम्म पनि मेघाश्री गुट्का उत्पादक कम्पनीमा भने अनुगमन गरेको छैन । अनुमोदन बाट



बुधबार ०८, माघ २०७६ ०६:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.