काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट सांसद बनेका अग्नि सापकोटाले सभामुखको उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार संसद सचिवालय पुगेर सांसद सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका हुन् ।
सापकोटाको प्रस्तावकमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेता देव गुरुङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्ण रहेका छन् ।
उम्मेदवारी दर्ता गरेपछि सापकोटाले आफू सभामुखमा निर्वाचित भए संसदको ओज र गरिमा उचो राख्ने छोटो प्रतिक्रिया दिएका छन् । नेकपाको आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सभामुखमा कांग्रेसले उम्मेदवारी दिने भन्दै आए पनि अन्तिम समयमा निर्णय फेर्दै उम्मेदवारी नदिने भएको छ ।
निवर्तमान सभामुख कृष्ण बहादुर महरा बलात्कार प्रयास आरोपमा मुछिएपछि गत असोजदेखि सभामुख पद खाली रहँदै आएको छ । सभामुखमा उपसभामुख डा।शिवमाया तुम्बाहाम्फेले दाबी गरे पनि नेकपाले उनलाई राजीनामा दिन निर्देशन दिएपछि उनी पछि हट्दै राजीनामा दिएसँगै सभामुख चयनको बाटो खुलेको हो ।
प्रतिकृया दिनुहोस