चितवन । नेपाल प्रेस युनियनको नबौ महाधिवेशन चैत २१ र २२ गते नेपलगञ्जमा हुने भएको छ । चितवनको भरतपुर भएको केन्द्रीय कार्यसमितिको वैठकले सो निर्णय गरेको हो ।
यहि केन्द्रीय समितिलाई मूल आयोजक निर्वचन तयारी समिति बनाउने निर्णय समेत गरेको छ । साथै विभिन्न अन्य समिति समेत गठन गरेको छ । स्थानीय आयोजक संयोजकमा उपमहासचिव प्रेम केसीलाई बनाउने समेत बेठकले निर्णय गरेको युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताए ।
यो निर्णयसँगै लामो समयदेखि अन्योलमा हेको प्रेस युनियनको महाधिवेशन हुने निश्चित भएको छ ।
प्रतिकृया दिनुहोस