सूचना प्रविधी विधेयकका बिरुद्ध कांग्रेस कैलालीको बिरोधपत्र

Yugnepal     898 पटक पढिएको    

सूचना प्रविधी विधेयकका बिरुद्ध कांग्रेस कैलालीको बिरोधपत्र

 
धनगढी, ४ माघ -  नेपाली कांग्रेस कैलालीले सूचना प्रविधि विधेयकका बिरुद्ध आईतबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बिरोधपत्र बुझाएका छन् ।
मिडिया विधेक मार्फत कम्यूनिष्ट सरकारले प्रजातन्त्रको मुलभूत सिद्धान्तलाई उल्लङघन गर्न खोजेको आरोप ज्ञापनपत्रमा लगाइृएको छ । ज्ञापन पत्रमा  नागरिकको फोन ट्यापिङसमेत गर्न सकिने, सामाजिक सञ्जालमा कसैलाई जिस्काएमा ५ वर्षसम्म जेल र १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने ठहर गरिएको   छ ।
ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस कैलालीका कार्यबाहक सभापती प्रकाश बमले सरकारले जनता, सूचना प्रविधि र पे्रसमाथी आक्रमण गर्न खोजेको आरोप लगाए ।  लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा आफुहरु उत्रिएको कार्यबाहक सभापती बमले बताए ।
ज्ञापनपत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृह मन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष उक्त ज्ञापनपत्र पेश गर्ने प्रतिवद्धता जनाएका थिए ।  

 



आइतबार ०५, माघ २०७६ ०७:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal