सचिवालय बैठकमा पूर्वएमाले नेताको प्रश्न सापकोटाको मुद्दा के हुन्छ

Yugnepal     686 पटक पढिएको    

सचिवालय बैठकमा पूर्वएमाले नेताको प्रश्न  सापकोटाको मुद्दा के हुन्छ


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  नेकपा  सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा महासचिव विष्णु पौडेलले दिएको जानकारीअनुसार सभामुखको उम्मेवार सापकोटालाई बनाउने निर्णय भएको छ । त्यस्तै उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिने उनको भनाइ छ ।


आइतबार बसेको बैठकमा सचिवालयमा रहेका पूर्वएमालेका नेताहरुले सापकोटाविरुद्धमा भएका द्वन्द्वकालीन मुद्दाको बारेमा प्रश्न गरेका थिए ।

“उहाँ  सापकोटा विरुद्ध भएका मुद्दाको अवस्था के हुन्छ ” सचिवालयमा रहेका एक सदस्यले बाह्रखरीसँगको कुराकानीमा भने,“विशेषतः यो प्रश्न ईश्वर पोखरेललगायतका नेताको थियो ।”

बैठकमा प्रचण्डले सापकोटाविरुद्धमा भएका मुद्दा द्वन्द्वकालीन भएकाले त्यो सबै सत्य निरुपण तथा मेलमिलाय आयोगले नै टुंगो लगाउने बताएका थिए ।

उनले यसमा प्रतिपक्ष दलका नेताहरुसँग पनि कुराकानी भएको जानकारी गराउँदै सापकोटाविरुद्धमा अदालतमा मुद्दा नरहेको स्पष्ट पारेका थिए । सचिवालय सदस्य झलनाथ खनालले पनि सचिवालयमा कुरा उठेको भए पनि अहिले सापकोटाका विषयमा कुनै पनि अदालतमा मुद्दा नरहेको स्पष्ट पारे ।

“उहाँका विषयमा बाहिर आएजस्तो कुनै पनि अदालतमा मुद्दा छैन,” खनालको भनाइ थियो, “तर द्वन्द्वकालीन सबै मुद्दा आयोगले नै टुंगो लगाउने छ ।”
    बाह्रखरीबाट साभार समाचार



आइतबार ०५, माघ २०७६ ०६:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal