साना हतियारको बिगबिगी, पेस्तोलसहित दुई जना पक्राउ

Yugnepal     867 पटक पढिएको    

साना हतियारको बिगबिगी, पेस्तोलसहित दुई जना पक्राउ


जनकपुरधाम– चाइनिज पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ जनकपुरधाम उपमहानगरपालि–१ भानु चोकमा मोटरसाइकल र कार एकापसमा ठोक्किएपछि सो दुर्घटनाको जाँच गर्न जाँदा कारमा सवार दुई जना चाइनिज पेस्तोलसहित पक्राउ परेका हुन् ।
पछिल्लो समय साना हातहतियारको बिगबिगी बढ्न थालेको छ । यो सँगै अपराधका शृंखलाहरु पनि उत्तिकै बढ्दै गएको विभिन्न तथ्यांकले जनाएको छ । प्रहरीका अनुसार बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डिएसपी रामेश्वर कार्कीसहितको टोली दुर्घटना स्थलमा पुग्दा कारमा सवारसँग शंका लागेपछि चेक गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
शंका लागेपछि प्रहरीले गाडीको खनतलास गर्दा डिक्कीभित्र लुकाई छिपाई राखिएको ठूलो चाइनिज पेस्तोल पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउन्ड, म्याग्जिन १ थान बरामद गरेको धनुषा प्रहरीले जनाएको छ । दुवै जना अहिले प्रहरी नियन्त्रणमा छन् ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैया का ४२ वर्षीय जितेन्द्रकुमार यादव र वडा नं। ५ का ३० वर्षीय कुमोदनारायण झा रहेको प्रहरीले जनाएको छ ।



आइतबार ०५, माघ २०७६ १२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.