पृथ्वीजयन्ती तथा एकता दिवस, पृथ्वीनारायण शाह जोसंग डरायो अङ्ग्रेज

Yugnepal     926 पटक पढिएको    

पृथ्वीजयन्ती तथा एकता दिवस, पृथ्वीनारायण शाह जोसंग डरायो अङ्ग्रेज


काठमाडौं । नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

विसं १७७९ मा गोरखामा जन्म भएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो । पृथ्वीनारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताए ।

विसं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उनी पराजित भएका थिए । १८०१ मा नुवाकोटमा विजयी भए । यसैगरी कीर्तिपुरमा पनि उनी दुई पटक पराजित भएका थिए ।

विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरेका थिए । यसपछि भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेज पनि उनीसँग डराएका थिए ।
 
शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेखेका थिए । यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाए ।

 ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो । नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।

पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ ।



आइतबार २७, पुष २०७६ ११:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.