अमेरिकाद्वारा खाडीको आकाशमा संकटकाल घोषणा

Yugnepal     927 पटक पढिएको    

अमेरिकाद्वारा खाडीको आकाशमा संकटकाल घोषणा


काठमाडौं, २३ पुस  एजेन्सी । इरानसँग तनाव बढ्दै गएपछि अमेरिकाले खाडी क्षेत्रको आकाशमा संकटकाल जारी गरेको छ । अमेरिकाको हवाई उड्ययन विभाग फेडरल एभियन फेडरेसन ‘एफएए’ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकाशमा हवाई उडान रोक लगाएको छ ।
इरानले इराकस्थित अमेरिकी फौजको हवाई बेश क्याम्पमा मिसाइल आक्रमण गरेको केही समयपछि एफएएको उक्त आकस्मिक निर्देशन आएको हो ।
एफएएले अमेरिकी हवाई सेवा प्रदायकलाई गलत मुल्यांकन र गलत पहिचानका आधारमा सम्भावित आक्रमणका हुन सक्ने भएकाले उडानमा रोक लगाएको जनाएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार एफएएले ‘नोटिस टू एयरम्यान’ ९एनओटीएएमस० सार्वजनिक जारी गरेको हो । यसअन्तर्गत अमेरिकी हवाई उड्यन संचालकहरुलाई इराक, इरान र पर्सियन खाडी तथा ओमन खाडीमा विमान उडाउन प्रतिबन्ध लगाएको एफएएद्वारा जारी वक्तव्यमा भनिएको छ ।
ब्लुमवर्गका अनुसार सिंगापुर एयरलाइन्सले युरोप उडानको क्रममा इरानी हवाई आकाशबाट अन्यत्रको बाटो रोजेको छ । एफएएको सुचना इरानले इराकस्थित हवाई आधारमा दर्जन बढी मिसाइल प्रहारको जिम्मेबारी लिएको केही घण्टापछि आएको हो । मिसाइल आक्रमण अघिल्लो हप्ता इरानी कुद्स फौज जनरल कासिम सुलेमानीको हत्याको जवाफमा गरेको इरानले बताएको छ । सुलेमानी अघिल्लो शुक्रबार बंग्दाद अन्तराष्ट्रिय विमानस्थलमा भएको ड्रोन आक्रमणमा मारिएका थिए ।



बिहिबार २४, पुष २०७६ १०:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal