सुदूरपश्चिम प्रदेशमा अन्तराष्ट्रिय नाका नहँदा समस्या

Yugnepal     814 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशमा  अन्तराष्ट्रिय नाका नहँदा समस्या

धनगढी पुस १७ अर्थमन्त्री डा  युवराज खतिवडाले सुदूरपश्चिम प्रदेशमा  अन्तराष्ट्रिय नाका नहुंदा सुदू।पश्चिम प्रदेशलाई समस्या भएको बताएका छन् । आज कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशका  नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा विकास गर्ने बताएका छन्।

ुसुदूरपश्चिममा केहि नाकाहरु छन्, तर भारतसँगको व्यापारका लागि मात्र छन्।’  उनले भने,  ‘उपयुक्त ढंगको अन्तराष्ट्रिय नाकाको समस्या सुदूरपश्चिमलाई छ, त्यसका लागी पहल थाल्छौ’ तर उनले कुन–कुन नाकालाई अन्तिराष्ट्रिय नाकामा विस्तार गर्ने कुरा उल्लेख गरेनन्। कार्यक्रममका बोल्दै उनले महाकालीमा निर्माण सुरु भएको पुललाई पनि तिव्रता दिन आवश्यक रहेको भन्दै त्यसबारेमा आफुले कञ्चनपुरमा गएर जानकारी लिने बताएका छन्।

अर्थतन्त्रको विकासका लागी यातायाको बढी आवश्यक रहेको भन्दै उनले सुदूरपश्चिममा निर्माण सुरु भएका कुनै पनि सडक योजनाहरुमा रकमको अभाव हुन नदिने बताए। ‘केन्द्रीय सरकारबाट ठुला सडकका योजनाहरु पनि सुदूपश्चिममा छन्। एसियाली विकास बैँकको सहयोगमा निर्माण गर्ने सडकको विस्तारका काम सुरु नभएको गुनासो तपाईहरुको छ’ उनले भने, ‘यसलाई राष्ट्रिय प्राथामिकता दिएको छौ, म सुदूरपश्चिमबाट फर्किएपछि यो विषयमा थप काम गर्ने छु।’ पूर्वपश्चिम राजमार्गको पश्चिम क्षेत्रको मर्मतका लागि रकम कम भएको गुनासो आएकाले रकम थप्ने प्रक्रिया थालिएको उनले बताए।

उनले सुदूरपश्चिम प्रदेशलाई विद्युतमा पनि पहिलो प्राथामिकता दिएको उनले बताएका छन्। ‘प्रदेशमा ठुला जलविद्युत आयोजनाहरु पनि छन्, सौर्य र वायु उर्जालाई पनि प्राथमिकता दिएका छौ’ अर्थमन्त्री खतिवडाले भने, ुयस प्रदेशलाई पहिलो प्राथमिकता दिएका छौ र केहि ठुला जलविद्युत आयोजनाका बारेमा पनि सोच्दैछौ।’

कर्णाली चिसापानी आयोजनाको बारेमा पनि धेरै छलफल भएको तर नटुंगिएको उनले बताए। पश्चिम सेती र एसआर सिक्स संयुक्त रुपमा लिने छलफल भएको  अर्थ मन्त्री खडिवडाले भने।



बिहिबार १७, पुष २०७६ ०७:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal