धनगढी पुस १४
नेपाल सरकारका सुचना सन्चार तथा प्रविधी मन्त्री गोकुल बास्कोटाले सुदूरपश्चिम प्रदेशको विकासको बाधक पछउटेपन भएको बताएका छन् ।
सोमवार प्रेश क्लव नेपालको आयोजनामा धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा मिडियाको भूमिका विषयक गोष्ठीमा मन्त्री बास्कोटाले सो कुरा बताएका हुन । उनले भने–‘प्रदेशको विकासमा समृद्धि लयाउने हो भने पछउटेपन त्याग्नुहोस अनी मात्र प्रदशेको विकास र समृद्धि हुन्छ ।’ सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिका लागि मुख्य स्रोत जलस्रोत रहेको उनले बताएका छन् ।
जलस्रोत लाई सहि सदुपयोग गर्न सके मात्र प्रदेशको विकास सम्भव रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश जलस्रोतको खानी भएकाले जलस्रोतमा लगानी गर्न सके समृद्ध प्रदेश बन्नसक्ने मन्त्री बास्कोटाले बताए । सुदूरपश्चिम प्रदेशमा जडीजुटी ,कृषी , पर्यटन उर्जा लगायतका अन्य सम्भावना छन् । तर जलस्रोतलाई चिन्न नसकेर सुदूरपश्चि पछाडी परेको छ , उनले भने । ‘संसारभरी प्रसिद्ध छाउपडी प्रथा सम्वृद्धिको बाधक हो की हैन ? महिला अधिकारको र मानव अधिकारको कुरा गरीरहँदा प्रदेशको सबैभन्दा कलंकको रुपमा रहेको कुरा छाउपडी हो । जुन अन्तराष्ट्रिय जगतमा चर्चित छ, त्यसका बारेमा बहस गर्नुपर्छ ।’ ‘मानविय सुचांकको हिसाबले हेर्नुहुन्छ भने सुदूरपश्चिमका बाजुरा, बझाङ र अछाम जिल्ला चर्चित नेताहरु भएको जिल्ला मानविय सुंचाकको हिसाबले सबभन्दा पछाडी किन ?’ उनले भने –‘मैले व्यक्तिगत लाल्छना लगाएको हैन, तर मेरो सुझाव छ हामी के गरेर बसेका छौ र के गर्नुपर्ने हो ।’
प्रतिकृया दिनुहोस