असाध्यै जाडो धनगढीमा सात वर्षयताको सबैभदा न्युन तापक्रम

Yugnepal     854 पटक पढिएको    

असाध्यै जाडो  धनगढीमा सात वर्षयताको सबैभदा न्युन तापक्रम

बाक्लो तुषारो र शितलहरबीच कैलाली र कञ्चनपुरमा तापक्रम अहिलेसम्मको सबैभन्दा न्युन मापन गरिएको छ । शनिबार बिहानैदेखि बाक्लो तुषारो र शितलहर चलेका कारण दिनभरी नै निकै जाडो बढेको थियो ।
जल तथा मौसम मापन फिल्ड कार्यालय अत्तरियाले शनिबारको तापक्रम यस वर्षको सबैभन्दा न्युन रहेको जनाएको छ । शनिबार बिहान धनगढीको न्यूनतम तापक्रम सात वर्ष यताकै न्यून रहेको छ । फिल्ड कार्यालयका अनुसार शनिबार बिहान ८।४५ बजे धनगढीको तापक्रम २।८ डिग्री सेल्सियस रहेको थियो ।
फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा २०६९ साल पुस २६ गते सून्य दशमलव पाच डिग्री सेल्सियस तापक्रम मापन गरिएको बताए । उनले त्यसपछिका सात वर्षमा शनिबार न्युन तापक्रम रहेको बताए ।
मौसम विभागको वेवसाइटमा शनिबारको न्युनतम तापक्रम धनगढीमा २।८ र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस थियो । त्यसैगरी, दिपायलको तापक्रम न्युनतम तापक्रम २।८ तथा अधिकतम तापक्रम २१।२ र डडेल्धुराको न्युनतम तापक्रम २।५ तथा अधिकतम तापक्रम ११।६ डिग्री सेल्सियस रहेको थियो ।
यसैबीच धनगढीसहित कैलालीमा जाडो निकै बढेपछि डिभिजन वन कार्यालय, धनगढीले धनगढीका विभिन्न ठाउमा शनिबार आगो ताप्ने व्यवस्था गरेको छ ।  अनुमोदन खबर



आइतबार १३, पुष २०७६ ०२:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.