नयाँ सभामुखका लागि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

Yugnepal     832 पटक पढिएको    

नयाँ सभामुखका लागि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
सभामुखका लागि त्रिकोणिय भिडन्त हुने देखिन्छ । पूर्व सभामुख सुवास नेम्वाङ, अग्नि सापकोटा र उपसभामुख शिवमाया तुम्बाहाङफेबीच भिडन्त भइरहेको बुझिन्छ । नेम्वाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले, सापकोटालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र तुम्बाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बोकेका छन् ।

बलात्कार प्रयासका आरोपी निवर्तमान सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते नै सभामुखबाट राजीनामा दिएका थिए । उनी पूर्पक्षका लागि जेलमै छन् ।

गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज ९एमसीसी०बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।



आइतबार १३, पुष २०७६ ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal