अत्तरियामा पुस २७ गतेदेखी माघ ७ गते सम्म महोत्सब’ करिव ३ करोड बराबरको कारोबार हुने

Yugnepal     880 पटक पढिएको    

अत्तरियामा पुस २७ गतेदेखी माघ ७ गते सम्म  महोत्सब’  करिव  ३ करोड   बराबरको कारोबार हुने

अत्तरिया  सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियामा बिगतका बर्ष झै यस बर्ष पनि महोत्सवको हुने भएको छ । “सम्बृद्ध सुदुरपश्चिम प्रदेशको आधार कृषी, पर्यटन र ब्यापार” भन्ने मुल नाराका साथ अत्तरिया उधोग बाणिज्य संघको आयोजनामा यहि पुस २७ गते देखी माघ ७ गते सम्म पाचौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सब हुने भएको हो ।

आयोजक अत्तरिया उधोग बाणिज्य संघले बुधबार उद्योग बाणिज्य संघको सभाहल बनखेतमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सबका बारेमा जानकारी गराएको हो । नेपाल भ्रमण बर्ष २०२० नजिकिदै जाँदा यस क्षेत्रका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार , प्रदेशको अर्थतन्त्र, कला संस्कृतिको संरक्षण समबद्र्धनका साथै यस क्षेत्रको विकासमा टेवा पुराउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले बताए ।

महोत्सबलाई भब्य र सभ्य बनाउनका लागि एक महिना महिना अगाडी देखी नै तयारी थालेको उनले बताए । उनले महोत्सबका लागि बिभिन्न समिती ,उपसमितीहरु बनाएर तयारी तिब्र भैरहेको बताए । बिगतका बर्षहरु भन्दा यस बर्ष केहि फरक बनाउने उध्ेश्यका साथ आफुहरु तयारीमा जुटेको उनले बताए । अत्तरियामा रहेको लामी तालमा डुड्गाको ब्यबस्था , बृद्धबृद्धा तथा अपाड्गहरुलाई टिकटमा छुटको ब्यबस्था रहेको उनले बताए ।

महोत्सवमा दर्शकहरुको मनोरञ्जनका लागि यस बर्ष सुदूरपश्चिम प्रदेशका नवप्रतिभावान कलाकारहरुलाई प्राथमिकता दिदै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति राखिनुका साथै यस क्षेत्रका डान्स क्लब, विद्यालयहरुका सांगीतिक , सांस्कृतिक प्रस्तुती रहने अध्यक्ष देवकोटाले बताए । महोत्सबमा १ सय ५० ओटा बिभन्न खाले स्टलहरु रहने बताउदै उधोग बाणिज्य संघका अध्यक्ष देवकोटाले यस बर्ष होटलका स्टलहरु भने कम गर्दै स्टलमा सुदूरपश्चिममा उत्पादन भएका बस्तुहरुलाई पहिलो प्रथमिकता दिएको जानकारी गराए ।

यस्तै सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका भेषभुषा , रितिरिवाज ,चालचलनलाई समेट्ने गरी महोत्सब स्थलमा समाबेशी स्टलहरु रहने जानकारी गराए । महोत्सबमा हस्तकाला पर्दशनि, लघु तथा घरेलु उद्योग प्रविधि सम्बन्धी पर्दशनि, स्थानीय प्रतिभाको पहिचान तथा प्रबद्धंन, रमाइलो मेला तथा बाल उद्यान कृषि प्रदशनी लगाएतका स्टलहरु रहने अध्यक्ष देवकोटाले बताए । करिब ८० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको महोत्सब अबधिभर १ लाख दर्शकहरुले अबलोकन गर्ने अनुमान गरिएको उनले बताए ।

यस्तै १० दिन सम्म संचालन हुने महोत्सब अबधिभर ३ करोड रकम बराबरको कारोबार हुने अपेक्ष गरिएको अध्यक्ष देबकोटाले बताए । महोत्सब अत्तरिया स्थित लामी ताल परिसरमा हुने छ भने महोत्सब हेर्नका लागि सर्बसाधारणका लागि ५० र बिधार्थीहरुका लागि ४० रुपैया टिकट कायम गरिएको छ ।
राजधानी निर्माणलाई पहिलो प्रथमिकता
अत्तरिया उधोग बाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकाय ललितले महोत्सब रमाईलोका लागि मात्रै नभएर यस क्षेत्रका महात्वपुर्ण योजनाहरुलाई पनि अगाडी बढाउन महोत्सवका माध्यमवाट दबाब दिदै आएको बताए । उनले उधोग बाणिज्य संघले राखेका मागहरु पाँचौ संस्करण सम्म पुग्दा केहि पुरा भएको र बाकिँलाई पनि पुरा गराउन निरन्तर दबाब दिदै आएको बताए ।

उनले सुदूरपश्चिम प्रदेशको समृद्धसंग जोडिएका केहि महत्वपुर्ण मागहरु यस बर्ष पनि महोत्सवका माध्यमवाट अगाडी बढाइने बताए । ुहामीले बिगतदेखी नै यस क्षेत्रको विकासका लागि बिभिन्न मुद्धाहरुलाई उठान गर्दै आएका छौ , त्यसै क्रममा यस बर्ष पनि हामीले केहि मागहरु राखेका छौु उनले भने ( ुयस बर्षको हाम्रो पहिलो माग भनेको सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरीमा चाडो भन्दा चाडो भौतिक संरचनाहरु निर्माण गरी राजधानी कार्यन्ब्यन गराउनेमा छ ।ु

उनले गोदावरीमा राजधानी तोकिएको लामो समयसम्म पनि कुनै कामहरु अगाडी नबढाइएकाले अब तत्काल काम अगाडी बढाउन प्रदेश सरकारलाई दबाब दिइने बताए ।

यसै क्षेत्रवाट निर्वाचित भएका लेखराज भट्ट उधोगमन्त्री भएकाले यस क्षेत्रमा औधोगिक क्षेत्रको विकासलाई तिब्र गतिमा अगाडी बढाउन , खुटिया दिपायल फाष्ट ट्राक अगाडी बढाउन र दोधरा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण लगाएतका आफ्ना प्रमुख मागहरु रहेको संस्थापक अध्यक्ष रोकायले बताए ।
सुरक्षा ब्यबस्था कडा
महोत्सब अबधिभर सुरक्षा ब्यबस्थामा निकै कडाई गरिने अत्तरिया उधोग बाणिज्य संघले जनाएको छ । आफुहरु सिकाइकै क्रममा रहेकाको बताउदै उधोग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले महोत्सबलाई भब्य ,सभ्य र शन्तिपुर्ण रुपमा सम्पन्न गर्न यस बर्ष सुरक्षा ब्यबस्था चुस्त दुरुस्त पारिने जानकारी दिए । उनले यसका लागि सुरक्षा निकायसंग समन्ब्य भैरहेको बताए ।



बुधबार ०२, पुष २०७६ ०६:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal