नवजिवन सहकारी संस्थाले चालु आर्थिक वर्षको कात्र्तिक मसान्तमा रु ३ अर्व १३ करोड ५६ लाख ६२ हजार निक्षेप संकलन गरेको छ । कर्जा लगानी भने रु २ अर्व ८७ करोड ५४ लाख ६१ हजार रहेको संस्थाका अध्यक्ष चक्र बहादुर सिंहले विहीवार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार धनगढीमा रहेका बैंक भन्दा नवजिवन सहकारीले बढी निक्षेप संकलन गरेको छ भने कर्जा लगानी पनि बढी नै गरेको छ । संस्थाले चालु आर्थिक बर्षको हाल सम्म १ करोड ५७ लाख २७ हजार रुपैयाँ मुनाफा गरेको छ भने गत आर्थिक वर्षमा १३ करोड १८ लाख ६३ हजार रुपैयाँ मुनाफा गरेको पत्रकार सम्मेलमा जानकारी दिएको छ ।
देशकै अग्रणी र ठूलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्थाको ७ वटा शाखा र सेवाकेन्द्र कैलाली, कञ्चनपुर र बर्दिया जिल्लालाई कार्य क्षेत्र बनाएको थियो । चालु आर्थिक वर्ष भित्र कैलाली जिल्लाको राजपुर , चौमाला , हसुलिया,र डडेलधुरा जिल्लाको खलंगा र काठमान्डौं नयाँ बानेश्वरमा सेवाकेन्द्र संन्चालन गर्नका लागी सहकारी विभाग काठमान्डौबाट स्वीकृती भएको अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । ।
संस्थाका शेयर सदस्य १९ हजार ९सय ३९ जना पुगेको अध्यक्ष सिंहले बताए । संस्थाले शेयर सदस्यको सीप विकास, शिक्षा स्वास्थ्यमा सहयोग जस्ता कार्यक्रम सञ्चालन गरेको छ भने संस्थाले कृषि, व्यापार, उद्योग, सेवा, निर्माण, विपन्न वर्ग लागी लघुवित्त ,उपभोक्ता मार्फत कर्जा प्रवाह गरेको अध्यक्ष सिंहले बताए ।
प्रतिकृया दिनुहोस