८ सय २५ जनाको पहिचान सहितको फोटो १ बैंकबाट कसरी पायो गिरोहले

Yugnepal     813 पटक पढिएको    

८ सय २५ जनाको पहिचान सहितको फोटो १ बैंकबाट कसरी पायो गिरोहले


प्रहरीले हालै पक्राउ गरेको गिरोहलाई ८ सय २५ जना व्यक्तिको खाताको पूर्ण विवरण र फोटो समेत तयार गर्न कसरी सम्भव भयो रु हाम्रा बैंकहरु यति धेरै कम्जोर छन् रु जसले ग्राहकको पहिचान यति सजिलै गिरोहलाई उपलव्ध गराए  बैंकका कर्मचारीमाथि गम्भिर प्रश्न खडा भएको छ । यो घटनामा मुछिएका बैंकभित्रका कर्मचारीको ठुलो हात रहेको प्रहरीको अनुसन्धानबाट खुल्ने छ । 

गिरोहले जनता बैंकबाट २० लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ गरी ३० लाख रुपेयाँ चोरेको पुष्टि भएको छ । प्रहरीले ४ वटा वाणिज्य बैंक र २ वटा विकास बैंकका ग्राहकको नाममा रहेका चेकबुक बरामत गरेको छ । प्रहरीले गिरोहबाट ८२५ जना बैंक ग्राहकको फोटो संकलन भएको अबस्थामा बरामद गरेको छ । र ८२ थान एटीएम बरामत गरेको छ भने अन्य बैंकको ७ वटा एटीएम बरामत गरेको छ । एनआइसी एशिया बैंक, माछापुच्छ्रे बैंक, जनता बैंक, एभरेष्ट बैंक, ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकका चेकहरु नक्कली तवरबाट तयारी गरिएको छ । साट्नका लागि तयारी अबस्थामा यी चेकहरु कसरी चयारी भयो रु प्रहरी आफै आश्चर्यमा परेको छ । यी बैंकहरुका चेकमध्ये कतिपयको चेक काटेर साट्न नै तयार पारिएको र कतिपयको नकाटीएको अबस्थामा प्रहरीले बरामद गरेको छ । यसमध्ये मुक्तिनाथ विकास बैंकको चेक धेरै काटीएको अबस्थामा भेटिएको छ । जनता बैंक र मुक्तिनाथ विकास बैंकबाट रकम नै साटिएको छ । सो बाहेक एनआईसी एसिया बैंकको ६८ थान काटीएको चेक बरामद भएको छ । मुक्तिनाथ विकास बैंकको ४१ थान काटिएको र एकथान नकाटिएको चेक बरामत गरेको छ । जनता बैंकको ४१ थान काटिएको र १६ थान नकाटिएको चेक, बरामद गरिएको छ ।

नयाँ र अचम्मको घटना

बैंकमा देखाइएको ग्राहक पहिचान अर्थात बैंकमा रहेको कुनै पनि ग्राहकको बारेमा रिपोर्ट यो गिरोहलाई कसरी थाहा भयो रु जव कि एक वा दुई संख्या होइन, सयौंको संख्यामा ग्राहकको खाता, हस्ताक्षर र पहिचान थाहा गरेर नक्कली काम गर्न सक्ने अबस्थामा एउटा गिरोह पुग्यो । प्रहरीको कुरा सुन्दा निकै आश्चर्यजनक र डर लाग्दो छ । बैंकमा खाता खोल्ने व्यक्तिको बारेमा पुरै जानकारी हुनु । कति रकम राखिएको छ थाहा हुनु । कस्तो हस्ताक्षर गरेको छ त्यो पनि थाहा हुनु । अनि चेक बुक नै नयाँ बनाउन सक्नु र चेक काटेर बैंकसम्म पुगेर लाखौं लाख रकम नै निकाल्न सक्नु । यो हिम्मत सामान्य नागरिकमा होइन बैंक लुटेरासँग पनि हुँदैन । यति धेरै काम गर्न धेरै नै सूचना थाहा पाउनुपर्छ । अन्य सूचना त थाहा होला । बैंकमा रकेको रकम र हस्ताक्षर पनि उस्तै गर्न सक्ने कुरा बैंकको कर्मचारीको सहयोग विना सम्भव छैन । प्रहरी भन्छ अब यस्ता घटनामा संलग्न व्यक्ति कसैगरी पनि उम्कन सक्ने अबस्था छैन । केही दिन अगाडि एटीएम मेसीनमै हमला गर्ने चिनियाँ अपराधिक टोली समातियो । त्यपछि कृषि विकास बैंकबाट पैसा ट्रान्सफर गर्ने अर्को गिरोह समातियो । यस अघि पनि अधिकाँस गिरोह समातिएका छन् । कोही बैंकिङ कसुरमा जेलमा छन् । कोही अपराधको केसमा जेलमा छन् । अहिले अधिकाँस ठाउँमा सिसि क्यामरा जडान छ । प्रहरीसँग पनि धेरै डिजिटल क्षमता छ । अनि प्रहरी पनि धेरै गुणा क्षमताका छन् । यसकारण यस्ता अपराधिक घटनामा संलग्न भएर पैसा कमाउँछु भन्ने कसैले पनि सोँच राख्न आबश्यक छैन, जव कि कोही पनि उम्कन सक्ने अबस्था नै देखिदैन । जीवनको नास, परिवारको विचलन र जेलजीवनका लागि मात्रै यस्ता हत्कण्डाहरु सावित हुने देखिन्छ।
बैंकिङ खबरबाट साभार



शुक्रबार १३, मङि्सर २०७६ ०४:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal