दैलेखमा माइक्रो बस दुर्घटना, ३ जनाको मृत्यु

Yugnepal     682 पटक पढिएको    

दैलेखमा माइक्रो बस दुर्घटना, ३ जनाको मृत्यु


दैलेख  दैलेखको गुरासेँ गाउँपालिका ४ मुग्राभन्ने स्थानमा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुर्खेतदेखि दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको हाइस दुर्घटना शुक्रबार बिहान भएको हो।

दुर्घटनामा घटनास्थलमै ३ जनाको मृत्यु भएको भने ७ जना घाइते भएका छन्। घाइतेहरुको रानीमत्ता प्रहरी चौकीबाट पुगेका प्रहरी र स्थानीयहरुले उद्धार गरिरहेका छन्। दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। नागरिक बाट साभार



शुक्रबार १३, मङि्सर २०७६ ०३:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.