जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो निवासमा दिवाभोजको कार्यक्रम राखेका छन् ।
विवाह पञ्चमीको अवसरमा जनकपुर पुगेकी भण्डारीले जानकी मन्दिरमा करिब आधा घण्टा पूजापछि मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवाभोजमा सरिक हुने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री राउतले राष्ट्रपति भण्डारीको सम्मानमा आफ्नै निवासमा दिवाभोज राखेका हुन् । मुख्यमन्त्रीले आयोजना गरेको दिवाभोजपछि भण्डारीको रामजानकी विवाहोत्सव कार्यक्रमअन्तर्गत रंगभूमि मैदानमा सहभागी हुने कार्यक्रम रहेका हुन् ।
विवाह पञ्चमीको अवसरमा जनकपुरमा आयोजित रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहको आयोजना बिधिबत हुँदैछ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आइपुगेकी हुन् । रामजानकी विवाहोत्सवमा सहभागी हुन राष्ट्रपति भण्डारी हेलिकप्टर चढेर जनकपुर आएकी हुन् ।
रंगभूमि मैदान पुगेर राष्ट्रपति भण्डारीले भारतको अयोध्याबाट विवाहोत्सवमा सहभागी हुन आएका जन्तीहरुलाई औपचारिक रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस