मोटरसाइकलले ओभरटेक गरेको भन्दै कुटेर युवकको हत्या

Yugnepal     930 पटक पढिएको    

मोटरसाइकलले ओभरटेक गरेको भन्दै कुटेर युवकको हत्या

धनगढी– मोटरसाइकल चलाउँदा ओभरटेक गरेको भन्दै कञ्चनपुरको महाकाली नगरपालिका–३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको स्थानीयले कुटेर  हत्या गरेका छन्।

बिहीबार पन्तलाई महेन्द्रनगर–मझागाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा केही युवकले ओभरटेक गरेको निहुँमा रोकेर कुटपिट गरेका थिए।

उनलाई मोटरसाइकलमा बुवा विशन पन्तसँग महेन्द्रनगर जाँदै गरेको अवस्थामा ओभरटेक गरेको आरोपमा केही युवाले कुटेको प्रहरीले जनाएको छ

स्कुटर र मोटरसाइकलमा सवार ५र६ जनाको समूहले ओभरटेक किन गरेको भन्दै छोरालाई निर्घात कुटपिट गरेको विशनले बताए। कुटपिटबाट घाइते दीपकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि भारत लगिएको थियो।

अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र शंस्कापद तीन जना तथा एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको कञ्चनपुरका प्रहरी उपरिक्षक दिनेश आचार्यले बताए।

 



शुक्रबार १३, मङि्सर २०७६ ०२:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal