नेपाली बैंकिङ प्रणाली नयाँ आयाममा प्रवेश, ठुलो रकम तत्कालै भुक्तानी ‘आरटीजीएसबाट

Yugnepal     1051 पटक पढिएको    

नेपाली बैंकिङ प्रणाली नयाँ आयाममा प्रवेश, ठुलो रकम तत्कालै भुक्तानी ‘आरटीजीएसबाट

 

 नेपाली बैंकिङ प्रणाली नयाँ आयाममा प्रवेश गरेको छ । बैंकबाट ठुलो रकम भुक्तानी गर्दा लाग्ने समयको बचत तथा सरल भुक्तानी प्रणाली स्वरुप नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम ९आरटीजीएस० प्रणाली सुरु गरेको हो । यो प्रणालीसँगै बैंकिङ क्षेत्रमा एक नयाँ प्रविधिको विकास भएको छ । जसअनुसार जुनसुकै बैंकको रकम जुनसुकै बेंकमा जम्मा गर्न सकिन्छ । चेकबाट भएका कारोबारमा रकम भुक्तानीमा लाग्ने समय अब बचत हुने भएको छ । विकसीत मुलुकहरुमा यो प्रणाली सुरु भइसकेका थिए भने नेपालमा पहिलोपटक संचालनमा आएको छ । गत शुक्रबारबाट कार्यान्वजयनमा आएको यो प्रविधिले धेरै रकम रकमान्तरणमा सहज हुने छ । यो प्रविधि कार्यान्वयनमा करिव ४ महिना समय लागेको हो । अहिले यो प्रणाली सबै वाणिज्य बैंकमा पूर्णरुपमा सुचारु भएको र केही समयपछि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । आरटीजीएस प्रणाली २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा प्रयोग गरिन्छ । २ लाख रुपैयाँभन्दा माथिको रकम भुक्तानीमा आरटीजीएस प्रणाली लागु गरिएको राष्ट्र बैंकले जनाएको छ । बेलायत सरकारको १९ अर्ब रुपैयाँ आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली स्थापना गरिएको हो । यो पद्धति अनुसार आफ्नो खाता भएको बैंकबाट अर्को जुनसुकै बैंकमा रकमान्तरण गर्न मिल्ने छ त्यसका लागि बैंकले दिएको डकुमेन्ट भरेर जुन बैंकमा गए पनि मेरो फलानो बैंकमा भएको रकम फलानो बैंकमा जम्मा गरिदिनु भन्ने कागज भरेपछि बैंकले तत्कालै अर्को व्यक्तिको खातामा रकम जम्मा गरिदिन्छ ।बैंकिङ खबर बाट साभार



बुधबार ११, मङि्सर २०७६ १२:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal