आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले ४ महिनामा ८० करोड राजस्व संकलन

Yugnepal     1416 पटक पढिएको    

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले  ४ महिनामा ८० करोड राजस्व संकलन

 


आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ८० करोड ६७ लाख ८६ हजार राजस्व संकलन गरेको छ ।

राजस्व कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो चौमासिकमा लिएको लक्ष्यको ८० प्रतिशत राजस्व संकलन गरिएको छ । आन्तरिक राजस्व कार्यालयका डाटा ईन्ट्री सुपरभाईजर भीम विष्टले पहिलो चौमासिकमा १ अर्व ७८ लाख ९० हजार राजस्व संलकल गर्ने लक्ष्य लिएकोमा ८० करोड ६७ लाख ८६ हजार राजस्व संकलन भएको बताए । उनका अनुसार कार्यालयले संकलन गरेको राजस्वमा घर बहाल कर बाहेक अन्य र्शिषकमा चौमासिक लक्ष्य पुरा गर्न सकेको छैन् ।

राजस्व कार्यालयले १७ करोड घर बहाल कर संलकलन गर्ने लक्ष्य लिएको २५ करोड ९३ लाख ४ हजार राजस्व संकलन गर्न सफल भएको छ ।

त्यस्तै २२ करोड ९७ लाख आय कर संलकन गर्ने लक्ष्य लिएकोमा २२ करोड १६ लाख ३५ हजार राजस्व संकलन भएको छ । भने २९ करोड ९७ लाख १ हजार मुल्य अभिवृद्धी कर संकलन गर्ने लक्ष्य रहेकोमा २७ करोड २६ लाख २२ हजार जम्मा भएको छ ।

त्यस्तै बक्यौता करको ब्याजबाट ६५ लाख २१ हजार, आन्तरिक कर २७ करोड ९७ लाख ८२ हजार, शिक्षा कर २५ लाख ७ हजार र स्वास्थ्य सेवा कर ३५ हजार मात्रै संकलन भएको राजस्व कार्यालयले जनाएको छ ।

जसको चौमासिक लक्ष्य क्रमशः १ करोड ८३ लाख ७ हजार, आन्तरिक कर ४४ करोड ३ लाख ४२ हजार, शिक्षा कर २७ लाख ३१ हजार तोकिएकोमा स्वास्थ्य सेवा करको लक्ष्य ताकिएको छैन ।

अधिकांश करदाताले आर्थिक वर्षको अत्यमा कर तिर्ने गरेकाले चौमासिक लक्ष्य पुरा नभएको सुपरभाईजर विष्टको भनाई छ । राजस्व कार्यालयले चाुल आवमा ३ अर्व ६८ करोेड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

चार उत्कृष्ट करदाता सम्मानीत

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले आठौँ कर दिवसको अवसरमा चार उत्कष्ट करदातालाई सम्मान गरेको छ । महाकालीका चार वटै जिल्लाबाट एक÷एक करदातालाई सम्मान गरेको कार्यालयले जनाएको छ ।

राजस्व कार्यालयका नायब शुब्बा दिल बहादुर गिरीले आठौँ राष्ट्रिय कर दिवसको अवसरमा करदातालाई सम्मान गरिएको बताए । उनका अनुसार सम्मानीत हुनेमा कञ्चनपुरको लालु ट्रेडर्सका भीम कपाडी, डडेल्धुराको विरवेताल टे«डर्सका बिर बहादुर ऐर, बैतडीको प्रकास टे«डर्सकी गोमती देवि जोशी र दार्चुलाबाट लटीनाथ वाईन सेन्टरका ईन्द्र देव पन्त रहेका छन् ।
बढी कर बुझाउने तथा कर कानुनको पुर्ण पालन गर्ने करदातालाई सम्मान गरिएको उनले बताए । राजस्व कार्यालयले राज्यलाई कर तिर्न उत्प्रेरित गर्ने तथा प्रोत्साहन गर्न सम्मान उत्कृष्ट करदाताको छनौट गरि हरेक वर्ष सम्मान गदैँ आएको छ ।

२१ हजार सेवा ग्राहीले लिए व्यत्तिगत प्यान

सरकारले प्रत्येक नागरिकले अनिवार्य व्यत्तिगत स्थायि लेखा नम्बर९व्यक्तिगत प्यान०लिनु पर्ने व्यवस्था गरेपछि प्यान लिनेको सेवाग्राहीको संङख्या अत्यधिक बढेको छ ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २१ हजार ३ सय ४६ जनाले व्यत्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले चालु आव २०७६÷७७ मा व्यत्तिगत स्थायि लेखा नम्बर लिनेको संख्या ह्वातै बढेको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयबाट गत आवमा १२ हजार ९ सय ५७ जनाले व्यत्तिगत स्थायि लेखा नम्बर लिएका थिए । सुदुरपश्चिम खबर बाट साभार



मङ्गलबार १०, मङि्सर २०७६ ०३:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal