कैलालीका एक वडाध्यक्ष आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका ५ का वडाध्यक्ष छविलाल हौजाली मगर पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश भट्टका अनुसार सोही वडा कार्यालयकी महिला कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको भन्दै पीडितले निवेदन दिएपछि पक्राउ गरिएको हो ।
कटौंजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले आरोप लगाएकी छिन् ।
प्रतिकृया दिनुहोस