न्युजिल्याण्ड मस्जिद आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुग्यो

विदेश

Yugnepal     801 पटक पढिएको    

न्युजिल्याण्ड मस्जिद आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुग्यो

 


काठमाडौं चैत १ शुक्रबार। न्युजिल्याण्डको क्राइस्टचर्च स्थित रहेका दुई मस्जिद आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ भने २० जना घाईते रहेका छन। स्थानीय समय अनुसार दिउँसो १स्३० बजे उक्त आक्रमण भएको प्रहरीले जनाएको छ।

शान्त देशको सुचीमा निकै माथि रहेको न्युजिल्याण्डमा भएको उक्त घट्नाले स्थानीयहरु त्रसित बनेका छन्। स्थानीयहरुलाई घर भित्रै रहन भनिएको छ।

बन्दुकधारीले आफुले खिचेको भिडियो प्रत्यक्ष प्रसारण गरेका थिए। उक्त भिडियोमा उनी गाडी चढेर आएको र एउटा मस्जिदमा छिरेर गोली चलाएको देख्न सकिन्छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले यो दिनलाई न्युजिल्याण्ड ईतिहासको कालो दिन भनेकी छिन्।

‘उक्त घट्नाबाट प्रबावितहरु सबै न्युजिल्याण्डका हुन् उनीहरु मध्य नै शरणार्थी थिए होलान तर उनीहरुले न्युजिल्याण्डलाई घर बनाउन चाहेका थिए’ उनले भनिन्।  

उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

“यो प्रष्ट भएको छ कि आक्रमण आतङ्ककारी समूहबाट भएको हो,” प्रधानमन्त्री अडर्नले भनिन् । “प्रारम्भिक अनुसन्धानपछि हामीलाई आएको सूचनामा आक्रमण सुव्यवस्थित तथा सुनियोजित रहेका बताइएको छ ।”

“अन्य दुई विस्फोटक पदार्थ राखी पठाइएको आशङ्कामा दुई गाडीलाई नियन्त्रणमा लिई निष्क्रिय बनाइएको छ,” प्रधानमन्त्रीले घटनास्थलबाट पाएको सूचनालाई उद्धृत गर्दै जानकारी गराईन्।



शुक्रबार ०१, चैत २०७५ ०४:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal