विश्व नेपाली साहित्य महोत्सव हुने

युग संवाददाता     1427 पटक पढिएको    

विश्व नेपाली साहित्य महोत्सव हुने

 

 धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा  फागुन ६ देखि १२ गते सम्म धनगढीमा  महोत्सव हुने भएको छ । विश्वभरीका नेपाली साहित्यकारहरुको सहभागितामा धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आयोजना हुने दूरपश्चिमाञ्चल साहित्य समाजले आज पत्रकार सम्मेलनगरी  जानकारी दिएको  छ।

नेपाली, भाषा, साहित्य र संस्कृतीको उद्गमस्थलका रुपमा चिनिने काली–कर्णाली क्षेत्रको गौरवगाथालाई माथि उकास्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए। महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्ने  बताए। महोत्सवलाई सफल पार्नको लागि विभिन्न १३ वडा समितिहरु समेत गठन  भएको अध्यक्ष रामलाल जोशीले बताए छन्। महोत्सवमा  करिब पाँच सय जनाले  अवलोकन गर्ने र महोत्सवमा दुई करोड भन्दा वढी  खर्च हुने अनुमान गरेको पनि अध्यक्ष रामलाल जोशीले बताए छन् ।



सोमबार २५, कार्तिक २०७६ ०८:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal