पुर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा

Yugnepal     888 पटक पढिएको    

पुर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा

 


काठमाडौं। बलात्कार प्रयासका अभियुक्त पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश दिएको छ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएपछि अदालत उक्त आदेश दिएको हो।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलाशले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि मंगलबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

महराका तर्फबाट ३२ जना अधिवक्ताले बहसका लागि नाम लेखाएका छन् । आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि तय गरिएको थियो । निर्वतमान सभामुख महराको अदालती बयान शुक्रबार भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरिएको थियो ।

महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे जिल्ला अदालत काठमाडौंमा आइतबार बहस सुरू भएको थियो। महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। महरालाई अदालतले डिल्ली बजार कारागार चलानको आदेश दिएको छ । 



सोमबार १८, कार्तिक २०७६ ०६:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal