राष्ट्रपति सरकारको मतियार बन्नुभयो – वरिष्ठ अधिवक्ता केसी

Yugnepal     1532 पटक पढिएको    

राष्ट्रपति सरकारको मतियार बन्नुभयो – वरिष्ठ अधिवक्ता केसी


काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको मतियार बनेको आरोप लगाएका छन् ।

मन्त्री परिषदले बिना कारण सात वटै प्रदेशका प्रमुखलाई हटाउने निर्णय गर्न सिफारिस गर्नु र राष्ट्रपतिले बिना कारण हटाउनु नै गैरसंवैधानिक भएको उनले बताएका हुन् ।

वरिष्ठ अधिवक्ता केसीले स्पष्ट पार्दै भने, ‘यो सरकारले संविधानको सपथ खाएको छ । संविधान बाहिर जान पाइँदैन । राष्ट्रपतिले पदमुक्त गर्न पाइन्छ । तर के कारणले भनी दिनुपर्छ । यसमा सरकारमात्र हैन राष्ट्रपति पनि मुछिनु भएको छ । राष्ट्रपति संविधानको पालक र संरक्षक हो । उहाँ त मरियार बन्नुभयो ।’

पाँच वर्षका लागि खटाइएको व्यक्तिलाई बिना कारण हटाउन नपाइने भन्दै उनले यो निर्णय संविधानको विरोधमा भएको समेत बताए ।

वरिष्ठ अधिवक्ता केसीले प्रदेश प्रमुखले कुनै असम्वैधानिक काम गरेको भएमात्र हटाउन पाइने भन्दै दुई वर्ष नपुग्दै प्रमुखहरुलाई हटाउनु दुर्भाग्य भएको बताए ।

सरकारले संविधान मिचेको भन्दै केसीले यस्तै भए जनताले सरकारलाई ‘रिजेक्ट’ गर्ने बताए । देउवा सरकारको पालामा नियुक्त भएकाले काँग्रेस हुन् भनेरै कम्युनिष्ट सरकारले यसो गर्नु दुर्भाग्य हुने समेत उनले बताए ।हाम्राकुरा बाट



सोमबार १८, कार्तिक २०७६ ११:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal