शनी विश्वकर्मा भए नेपाल लोक स्टारको विजेता

Yugnepal     1020 पटक पढिएको    

शनी विश्वकर्मा भए नेपाल लोक स्टारको विजेता

काठमाडौं । शनी विश्वकर्मा ‘नेपाल लोक स्टार’को विजेता भएका छन् । फाइनलमा पुगेका रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामेलाई पछि पार्दै शनी मौलिक रियालिटी शो ९सांगीतिक प्रतियोगिता० ‘नेपाल लोक स्टार’को विजेता बनेका हुन् । उनले नगद ५० लाख रुपैयाँ पाएका छन् ।

प्रदर्शनीमार्गस्थित भुकुटीमण्डपमा भएको ग्रान्ड फिनालेमा फष्ट रनरअप चेतन गोतामे भए भने सेकेन्ड रनरअप विनोद दनुवार भए । फष्ट रनरअपले २५ लाख र सेकेन्ड रनरअपले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।


यसैबीच, लिट्मस इलेक्टीफाइन पफर्मेन्स अफ द सिजनको टाइटल रामकुमार नेपालीले जितेका छन् । उनले यो टाइटलसँगै नगद रु दुई लाख पनि जितेका छन् ।

गत शनिबार दिउँसो १२ बजेबाट आज दिउँसो १२ बजेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा दर्शकले भोट गर्न पाउने ब्यबस्था मिलाइएको थियो । चार जना प्रतियोगीका लागि ५५ लाख भोट खसेको आयोजकले जनाएको छ ।

उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो । ‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक थिए ।  

रोल्पाका शनी विश्वकर्मा नेपाल लोक स्टारका गोल्डेन स्टार पाएका प्रतिस्पर्धी हुन् । उनले तिरिरी मुरली बज्यो बनैमा, कलकते काइयो, सालको पात टपरी, पिँढीमा बसेर लगायतका गीत गाएर फाइनल सम्म आइपुगेका थिए ।  

रोल्पाका शनी नेपाल लोक स्टारमा सहभागी हुन पहिलो पटक काठमाडौं आएका थिए । पारिवारिक पृष्ठभूमी सांगीतिक नभए पनि उनलाई गीतसंगीतमा लाग्न परिवारको पूर्ण सहयोग छ ।

उनले एउटा गीत पनि रेकर्ड गराइसकेका छन् । भलै त्यो बजारमा भने आइसकेको छैन । लोकगीतसँगै अरु विधाका गीत पनि गाउन सक्ने उनलाई राजेशपायल राई, राज सिक्देल, शिव परियार र रामजी खाँड मन पर्ने गायक हुन् ।
    बाह्रखरी    बाट साभा। समाचार



शुक्रबार ०८, कार्तिक २०७६ ०९:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.