हिरासतमा दशैं मनाएका महराको तिहार पनि हिरासतमै

Yugnepal     834 पटक पढिएको    

हिरासतमा दशैं मनाएका महराको तिहार पनि हिरासतमै


काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धाका लागि थप सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले बिहिबार अनुमति दिएपछि नेपाल प्रहरीले शुक्रबार महराविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

प्रहरीले तत्कालीन सभामुख महराविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँदै उनीमाथि कैद तथा जरिवाना माग गरेको छ ।  अनुसन्धानबाट महराले संसद सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले २० दिन लामो प्रतिवेदन बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले  बताए । उनले भने, ुप्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका छौं । महिलाको कोठाबाट बरामद भएको महराको फुटेको चश्मा, बोतल, गिलासलगायतको फरेन्सिक जाँचका रिपोर्टहरु आएका छन् भने केहि आउन बाकी छ ।ु

प्रहरीले यस क्रममा महराका सुरक्षाकर्मी, रोशनीले कुराकानी गरेका बिभिन्न व्यक्तिसँग पनि प्रहरीले साक्षी प्रमाणको रुपमा वयान लिएको स्रोतले बताएको छ। ‘घटनास्थल मुचुल्का, जाहेरी तथा हालसम्म जाँचबाट आएका रिपोर्टहरूले जबरजस्ती करणी उद्योग गरेको देखिन आएको छ,’ प्रहरी स्रोतले भन्यो।

महरालाई न्यायाधीश सुदर्शनराज पाण्डको एकल इजलासले बिहिबारकै दिनदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अनुसन्धान प्रतिवेदनमा प्रहरीले महरामाथि जबजरस्ती करणी उद्योगमा कैद तथा जरिवाना माग गरेको छ । महराले गत असोज १२ गते संसद सचिवालयकी कर्मचारीको कोठामा गएर जबरजस्ती करणी गरेको आरोप छ।

महराको डिएनए टेस्ट गरि फरेन्सिक जाँचसँग मिलाइदैछ ।  महरालाई डिएनए परीक्षणका लागि रगत उपलब्ध गराउन बिहिबार अदालतले आदेश दिइसकेको छ । यसअघि यही कात्तिक २ गतेदेखि लागू हुने गरी महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । जुन बिहिबार सकिएको थियो । निवर्तमान सभामुख महरालाई गत २८ असोजमा १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई जबर्जस्ती करणीको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरीवृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ । हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या आएको बताइएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

दशैं अघि हिरासतमा लिइएका महराको अनुसन्धान लम्बिएपछि तिहार पनि हिरासतमै बित्ने भएको छ।हाम्राकुरा अनलाइनबाट



शुक्रबार ०८, कार्तिक २०७६ ०८:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.