बैंकिङ क्षेत्रमा ‘रोजगार भ्याकेन्सी बहार’ छानी छानी घरमै बसेर गर्नुस् अप्लाई

Yugnepal     1409 पटक पढिएको    

बैंकिङ  क्षेत्रमा ‘रोजगार भ्याकेन्सी बहार’ छानी छानी घरमै बसेर गर्नुस् अप्लाई

बैंक तथा वित्तीय संस्थामा करिअर बनाउन चाहनेहरुका लागि यतिबेला ठूलो अवसर खुलेको छ । दशैँपछि तीन वटा माइक्रोफाइनान्स, दुई वटा फाइनान्स, तीन वटा विकास बैंक र दुई वटा वाणिज्य बैंकमा भ्याकेन्सी खुलेको छ ।

माछापूच्छ्रे बैंकले २५ जना मेनेजमेन्ट ट्रेनी र ९० जना ट्रेनी जुनियर एसिस्टेन्ट मागेको छ । एप्लाई गर्ने म्याद कात्तिक १३ गतेसम्म छ ।

सिद्धार्थ बैंकले एसिस्टेन्ट मेनेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सिनियर एसिस्टेन्ट लेभलका कर्मचारीहरु मागेको छ । आवेदन दिने म्याद कात्तिक ८ गतेसम्म मात्रै छ ।

त्यस्तै, ज्योति विकास बैंकले ४० जना जुनियर ट्रेनी एसिस्टेन्ट र १० जना मेनेजमेन्ट ट्रेनी मागेको छ । यसका लागि कात्तिक १३ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरेको छ ।

कञ्चन डेभलपमेन्ट बैंकले एक जना डेपुटी सीईओ, एक जना सिनियर मेनेजर, एक जना मेनेजर र एक जना एसिस्टेन्ट मेनेजर मागेको छ । यसका लागि एप्लाई गर्ने म्याद कात्तिक १७ गतेसम्म छ ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकले केही संख्यामा मेनेजमेन्ट ट्रेनी र ब्रान्च मेनेजर मागेको छ । एप्लाई गर्ने म्याद कात्तिक १३ गतेसम्म मात्रै छ ।

बेष्ट फाइनान्सले कन्ट्राक्ट बेसिसमा लिगल एडभाइजर, रिस्क र लिगल डिपार्टमेन्टका लागि एसिस्टेन्ट मेनेजर, ब्रान्च मेनेजर, विजनेस डेभलपमेन्ट अफिसर र आईटी डिपार्टका लागि एसिस्टेन्ट मागेको छ । यसको लागि पनि कात्तिक १३ गतेभित्रमा एप्लाई गरिसक्नुपर्छ ।

यता, आईसीएफसी फाइनान्सले केही अफिसर लेभलका कर्मचारी र एक जना एक्जिक्युटिभ सेक्रेटरी मागेको छ । आवेदन दिने म्याद कात्तिक ५ गतेसम्म मात्रै छ ।

छिमेक लघुवित्तले केही संख्यामा सहायक ईकाई प्रबन्धक मागेको छ । आवेदन दिने म्याद कात्तिक २० गतेसम्म छ ।

स्पर्श लघुवित्तले केही संख्यामा एसिस्टेन्ट ट्रेनी, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट, ब्रान्च मेनेजर, मोनिटरिङ अफिसर, आईटी अफिसर र डिपार्टमेन्ट हेड मागेको छ । आवेदन दिने म्याद कात्तिक १७ गतेसम्म छ ।

गणपति माइक्रोफाइनान्सले केही शाखा प्रबन्धक र सहायक वा प्रशिक्षार्थी सहायक मागेको छ । यसका लागि कात्तिक १३ गतेभित्र दरखास्त आह्वान गरिएको छ ।


बैंकिङ खबर बाट साभार समाचार 



आइतबार ०३, कार्तिक २०७६ ०७:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal