धनगढी कात्तिक १ - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेपछिल्लो समयमा कार्यकता मा देखीएको विकृतिले पाटीमा असर परेकाले नेता तथा कार्यकर्तालाई अनुशासनमा रहन निर्देशन दिएका छन् ।
सुदूरपश्चिमका स्थानीय तहका जनप्रतिनिधीका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो कुरा बताएका हुन । पार्टी एकताको दुई बर्ष पछि पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल कार्यकर्ता संग नजिक हुन थालेका छन् । अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ ले सुदूरपश्चिमको पार्टीको विकास र विकास निर्माण र समृद्धिको निम्ति नयाँ वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
धनगढीमा आयोजित स्थानीय तहका पदाधिकारीहरुको विशेष प्रशिक्षण कार्यक्रमको सम्बोधन गर्दै उनले सिंगो सुदूरपश्चिमले उक्त प्रतिवद्धता गर्यो भने जुरुक्कै उठ्न सकिने बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय पार्टीका महासचिव, चीन सरकारका विदेशमन्त्री र राष्ट्रपतिको भ्रमणले नेपाललाई फाइदा पुगेको बताए । उनले भने–‘हामीहरुको अन्तक्रिया हुँदा उहाँहरुले आफ्नो कुरा राख्नुभयो । हामीले ९ करोड पार्टी सदस्यलाई कसरी सन्तुष्ट राखेका छौं रु ९ करोड पार्टी सदस्यबाट कसरी सबैलाई सन्तुष्ट राखेका छौं रु’ ‘गुट भनेको पार्टीका लागि महाघातक रोग हो । गुट हुँदा पार्टी सकिन्छ’ चिनियाँ कम्युनिष्ट पार्टीको प्रशसां गर्दै अध्यक्ष दाहालले भने । अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको सरल र गम्भीर विषयमा ध्यान दिएर सोच्न आग्रह गरे ।
अध्यक्ष दाहालले भने–‘पार्टी एकताको काम लगभग सकिएको स्पष्ट पारेका छन् । अब केही घण्टाको सचिवालय बैठक बस्नेवित्तिकै पार्टी एकताका बाँकी कामहरु टुगिंन्छ ।’ दुई तिहाइको सरकारको काम गरेन भन्ने जनआवाज आफूहरुले सुनेको भन्दै आफू देशभर घुमिरहेको बताए । ‘अर्का अध्यक्ष प्रधानमन्त्री भएको कारणले अलि व्यस्त हुनुहुन्छ । म चाँही अलि फुर्सदिलो भाको छु ।’ उनले भने –‘म लाई चाँही अलि फाइदा भएको छु । देशभरका कार्यकर्ताले के सोच्छन, के समस्या छ मैले बुझ्न पाएको छु ।’
शुशासन र समृद्धि सरकारको पहिलो प्राथमिकता रहेको रहेकाले जनताका गुनसालाई सरकारले सम्बोधन गर्ने र पार्टीको भित्रको गुट लाईदुई अध्यक्ष मिलेर अन्त्य गर्ने दाहालले बताएका छन् । । नेकपालाई ग्यास्ट्रिक र अल्सर छ अल्सरबाट क्यान्सर हुने चिन्ता छ प्रचण्ड
प्रतिकृया दिनुहोस