जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Yugnepal     1055 पटक पढिएको    

जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु


भीमदत्तनगर – जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा बुधबार बोहरालाई जङ्गली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए ।

“घरबाट बाणीतर्फ जाने क्रममा बाटोमा जङ्गली हात्तीको आक्रमणमा घटनास्थलमै मृत्यु भएको देखिन्छ” प्रहरी सहायक निरीक्षक पन्तले भने ।

केही सातायता जिल्लाका शुक्लाफाँटा, भीमदत्तनगरपालिका र बेदकोट नगरपालिकामा जङ्गली हात्तीले नोक्सान पु¥याउँदै आएको छ ।

 



बिहिबार ३०, असोज २०७६ ०७:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.