कैलालीमा  ८८ हजार नगद  ७ जना जुवाडे प्रकाउ

Yugnepal     993 पटक पढिएको    

कैलालीमा  ८८ हजार नगद  ७ जना जुवाडे प्रकाउ

 

जिल्ला प्रहरी कार्यालय कैलालीले ८८ हजार नगद सहित ७ जना जुवाडेलाई प्रकाउ गरेको छ । धनगढी उप–महानगरपालिकाको वडा नम्वर ३ स्थित तारा चन्दको घरबाट ७ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रकाउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का ४३ बर्षिय हरिसिंह बोहरा, सोही ठाउँका ३७ बर्षीय गणेश बहादुर साउद, ५७ बर्षीय नर बहादुर ऐर, ४२ बर्षीय तारा चन्द, ४३ बर्षीय खगेन्द्र रावत, वडा नम्वर ५ का ३३ बर्षीय प्रकास भाट र कन्चनपुर कृष्णपुर नगरपालिका ८ बस्ने ४८ बर्षीय गिरीराज पाण्डेय रहेका छन ।राती १२ बजे जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।



मङ्गलबार २८, असोज २०७६ ०८:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.