मर्जरमा लघुवित्त खुल्न नपाई मर्जरको योजना

Yugnepal     727 पटक पढिएको    

मर्जरमा लघुवित्त  खुल्न नपाई मर्जरको योजना

 

 लघुवित्त वित्तीय संस्थाहरु खुल्न नपाई मर्जरको योजना बनाउन थालेका छन् । हालै नेपाल राष्ट्रबाट संचालनको अनुमति पाएर कारोबार सुरु गरेका लघुवित्तहरु पनि धमाधम मर्जर सम्झौता गर्न थालेका छन् ।

नयाँ लाइसेन्स दिन रोके पनि राष्ट्र बैंकले पहिले नै आवेदन परिसकेका लघुवित्तलाई र लघुवित्तीय कारोबार गर्ने गैरसरकारी संस्थाहरुलाई लाइसेन्स दिएको थियो । जसअनुसार, गत वर्ष २५ वटा र यस वर्ष दुई वटा नयाँ लघुवित्त संचालनमा आएका छन् । यीमध्ये पनि कतिपय लघुवित्तहरुले मर्जर प्रक्रिया अघि बढाइरहेका छन् भने केही पार्टनरको खोजी गर्दै छन् ।

१८ महिनाअघि संचालनमा आएको रुपन्देहीको मनकामना लघुवित्त र ८ महिना अघि मात्रै गैरसरकारी संस्थाबाट लघुवित्तमा परिणत भएको स्मार्ट लघुवित्तले मर्जर सम्झौता गरी प्रक्रिया अघि बढाएका छन् । गत वर्षको असोज ११ गते संचालनमा आएको स्वेडा लघुवित्त पनि मर्जर प्रक्रियामा छ । स्वेडा विजय लघुवित्तसँग मर्जरमा जाँदैछ । ०७४ सालमा संचालनमा आएका सारथी लघुवित्त र सत्यवती लघुवित्त पनि मर्जरमा जाँदैछन् । मर्जर प्रस्ताव पारित गर्न सारथीले कात्तिक ६ गते विशेष साधारणसभा डाकेको छ ।

२०७३ असोज ४ गतेदेखि संचालनमा आएको नेपाल एग्रो माइक्रोफाइनान्स र गत फागुन २१ गतेदेखि संचालनमा आएको नेष्डो लघुवित्तले पनि मर्जरमा जाने सम्झौता गरी प्रक्रिया अघि बढाइसकेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्तहरुलाई मर्जरबाट विकास बैंक स्तरोन्नति हुन सक्ने गरी नीतिगत व्यवस्था गरेको छ । साना लघुवित्तहरु आफैँ पनि मर्जरबाट सबल संस्था बन्न चाहिरहेका छन् । त्यसमाथि, मर्जरमा जाने लघुवित्तहरुलाई सहुलियत दिने घोषणा पनि गरिएको थियो । यसै पनि अब साना लघुवित्तहरु कि त प्रदेश स्तरमा जाने कि त अन्यमा विलय हुनैपर्ने अवस्था सिर्जना भइसकेको छ । त्यसैले, लघुवित्तहरु आफैँ मर्जरका लागि हात बढाइरहेका छन् ।
बैंकिङ खबरबाट साभार समाचार ।



आइतबार २६, असोज २०७६ ११:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal