चिनियाँ राष्ट्रपति सी आउँदा साढे दुई घण्टा विमानस्थल बन्द हुने

Yugnepal     963 पटक पढिएको    

चिनियाँ राष्ट्रपति सी आउँदा साढे दुई घण्टा विमानस्थल बन्द हुने


 


काठमाडौं, असोज २५  स् चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा दुई साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ।

दुई दिने नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी शनिबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। सी अवतरण गर्दा झण्डै साढे दुई घण्टा विमानस्थल बन्द गरिने छ।

सी आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण बन्द गरिने विमास्थल कार्यालयले जनाएको छ।  विमानस्थल कार्यालयका अनुसार चिनफिङको जहाज उडान र अवतरणका समयमा शनिबार र आइतबार दुवै दिन साढे दुई घण्टाभन्दा बढी विमानस्थलको उडानरअतवरण बन्द हुनेछ।

विमानस्थल कार्यालयले शुक्रबार नै नोटिस टू एयरमेन ९नोटाम० जारी गरी शनिबार  २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यवसायिक उडान स्थगन गरिएको जनाइसकेको छ। यस्तै, सी फर्किंदा आइतबार बिहान ११ः२० देखि १ः५० सम्म पनि विमानस्थल बन्द हुनेछ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले शनिबार र आइतबार उडानबारे नोटाम जारी गरिएको बताए। विमानस्थलले नोटाम जारी गरेपछि कुनै पनि वायुसेवाले उडानरअवतरण गर्न पाउने छैनन्। नोटामले उडान नगर्न भनेको समयमा पर्ने उडानलाई अघि वा पछाडि सार्नुपर्ने छ। जसका कारण विमानस्थलमा भने २४ घण्टा उडानरअवतरण प्रभावित हुनेछ। काठमाडौं प्रेस बाट साभार समाचार



शनिबार २५, असोज २०७६ ११:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal