कांग्रेस नेता बस्नेतद्धारा सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई सहयोग,

दुर्घटना

Yugnepal     687 पटक पढिएको    

कांग्रेस नेता बस्नेतद्धारा सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई सहयोग,

 

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक दुर्घटनामा घाइतेको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् ।
     
 पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा शुक्रबार भएको दुर्घटनामा घाइते भएकाको उपचारका लागि तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरेका हुन् ।      
     
 पूर्वमन्त्री बस्नेतले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका यात्रुलाई भेटेर उक्त सहयोग गरेका हुन् । “तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरको हुँ, आवश्यक परे आगामी दिनमा पनि सहयोग गर्नेछु”, पूर्वमन्त्री बस्नेतले भने।

सिपाटारबाट काठमाडौँ आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र दर्जनौँ यात्रु घाइते भएका थिए ।     
     
बालबालिकालाई निःशुल्क पढाउने     
     
 यसैबीच, पूर्वमन्त्री बस्नेतले दुर्घटनामा अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क पठनपाठन गराउने भएका छन् । घाइतेलाई भेट्ने क्रममा उनले दुर्घटनामा परेर अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व लिने घोषणा गरेका हुन् ।

बस्नेत सोही क्षेत्रबाट निर्वाचित भएर मन्त्रीसमेत बनेका थिए ।



शनिबार २५, असोज २०७६ ११:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.