महरा काण्डको समाचार लेखेपछि आएको सुरक्षा चुनौतीप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण

Yugnepal     1094 पटक पढिएको    

महरा काण्डको समाचार लेखेपछि आएको सुरक्षा चुनौतीप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण

काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महराको यौन दुव्र्यबहारको समाचार लेखेबापत हाम्राकुरा डट कमका सम्पादक अजयबाबु शिवाकोटीमाथि बढेको सुरक्षा चुनौतीप्रति नेपाल तरुण दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले विज्ञप्ति जारी गर्दै ‘यस्तो खाले धम्की दिने गुन्डागर्दी शैलीको हामी घोर भत्सर्ना गर्दछौं’ भनेका छन् । 

विज्ञप्तिमा ‘समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गर्दर्छौं ।’ भनिएको छ ।

विज्ञप्तिमा ‘यसतर्फ सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रदर्शन जारी रहे नेपाल तरुण दल कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छ’ समेत भनिएको छ ।   

यस्तो छ प्रेस विज्ञप्ति–

लोकप्रिय संचार माध्यम हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी माथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा नेपाल तरुण दलको  गम्भिर ध्यानाकर्षण भएको छ ।यस्तो खाले धम्की दिने गुन्डागर्दी शैलिको हामी घोर भत्सर्ना गर्दछौ।
यस सम्बन्धमा नेपाल  युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट गर्न चाहन्छौ। । नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौ ।
समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गर्दर्छौं । कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपुर्ण छ । स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो । यस तर्फ सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल तरुण दल कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छ ।  

भुपेन्द्र जङ्ग शाही,                महासचिव, नेपाल तरुण दल



शुक्रबार १७, असोज २०७६ ११:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal