काठमाडौं । नेकपाका नेता कृष्णबहादुर महराको यौन दुर्व्यवहार काण्डबारे समाजपार्टी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले मुख खेलेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै लेखेका छन् ‘सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने १ भेद खुलेपछि ती स्त्रीलाई नै फकएर–धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने १ परपुरूषगमन गरेबापत अर्को पुरूष–लोग्नेले घरनिकाला गर्ने १ यो राम–रावण द्वन्दमा सीतालाई वली चढाउने चलन कहिलेसम्म रु यही हो महिलामुक्ति–सांस्कृतिक क्रान्ति,कणहरू रु’
हाम्राकुराले नै ब्रेकिङ गरेको समाचारमा पीडित रोशनी शाही ९जसलाई हाम्राकुराले पीडितको नाम गोप्य राख्दै स्नेहा भनेर सोमबार असोज १३ गते समाचार बनाएको थियो । तर तिनै महिलाले अर्को दिन मंगलबार एक अनलाइनलाई खुलेआम त्यो ब्यक्ति म नै हो भन्दै असली नाम भनेर अघिल्लो दिन दिएको अन्तर्वार्ता झुठो भएको बताएकी थिइन् ।
त्यसतर्फ केन्द्रीत गर्दै भट्टराईले अघिल्लो दिन सबैकुरा भन्ने अनि अर्को दिन फकाएर–धम्काएर युर्टन गराउने र आफ्नो टाउको बचाउने महराको चरित्रमाथि प्रहार गरेका हुन् ।
त्यतिमात्र होइन भट्टराईले परपुरुषगमन भएपछि रोशनीका पति चित्रजंग शाहीले सम्बन्ध टाढिएको र अलग अलग बस्ने निर्णय गरेको सन्देश सामाजिक संजालमा दिनुलाई पनि अतिवाद भनेका छन् ।
तस्वीर – डा बाबुराम भट्टराईको ट्वीटरबाट ।
पिडितको घरमा गएको महराद्वारा स्वीकार
महरालाई राजीनामा दिन सचिवालयको निर्देशन
सभामुख महराले दिए राजीनामा
हाम्राकुराका सम्पादक शिवाकोटीमाथि आक्रमणको योजना
महरा काण्डमा लाज मान्दै शशीले अनुहारमा दले कालोपोतो र लगाए जुत्ताको माला
प्रतिकृया दिनुहोस