नवरात्रिको पाँचौं दिन स्कन्दमाताको पूजा

Yugnepal     1101 पटक पढिएको    

नवरात्रिको पाँचौं दिन स्कन्दमाताको पूजा

काठमाडौं। बडादशैं तथा नवरात्रिको पाँचौं दिन बुधबार देवीको पाँचौं रुप स्कन्दमाताको पूजा गरिँदै छ। भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ।
 
शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ। स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ। यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन्। यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ।
 
दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ। नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा विजया दशमी का नामले पनि चिनिन्छ।
 
दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा ९कोजाग्रत० सम्म पन्ध्र दिनको हुने भएता पनि पहिलो नौ दिनलाई नवरात्रि र दसौँ दिनलाई विजयादशमी  भनिन्छ।
 
यो पर्वमा माता दुर्गाले महिषासुर,शुम्भादि दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको मान्यता छ। प्रतिपदा ९घटस्थापना०, सप्तमी ९फूलपाती०, महाअष्टमी, ९कालरात्रि० महानवमी, विजयादशमी र पूर्णिमा ९कोजाग्रत० दशैंका प्रमुख तिथिहरू हुन्।



बिहिबार १६, असोज २०७६ ११:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal