नेपाल प्रेस युनियन अछामको अध्यक्षमा रिमाल,

Yugnepal     755 पटक पढिएको    

नेपाल प्रेस युनियन अछामको अध्यक्षमा रिमाल,

अछाम। नेपाल प्रेस युनियन जिल्ला शाखा अछामको अध्यक्षमा टंक प्रसाद रिमाल निर्विरोध चयन भएका छन्।
मंगलबार भएको सातौ जिल्ला अधिबेशनबाटट रिमालको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध चयन भएको हो।

कार्यसमितिको उपाध्यक्षहरुमा लोकराज ढकाल, नमराज भण्डारी, महिला उपाध्यक्षमा सरिता खड्का, सचिवमा सुशील भण्डारी, सहसचिवमा नारायण जैसी, दिनेश केसी, कोषाध्यक्षमा पबित्रा खड्का चयन भएका छन्। कार्यसमिति २३ सदस्यीय रहेको छ।

साथै अधिबेशनबाट प्रदेश प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत छनौट गरिएको छ। अधिबेशनका केन्द्रीय प्रतिनिधि छक्क मल्लका अनुसार ४१ सदस्यीय केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिएका छन्।

अधिवेशनको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले मंगलवार विहान उद्घाटन गरेका थिए। अछामको अधिवेशनसँगै सुदुरपश्चिम प्रदेशमा प्रेस युनियनको सबै शाखामा अधिवेशन सम्पन्न भएको छ।

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन मंसिर २८ र २९ गतेलाई तय भएको छ।

 



बुधबार ०८, असोज २०७६ ०९:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal